2 years ago
April 14, 2023
काठमाडौं (हाम्रो खेलकुद)– काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले पहिलो खेल कीर्गिस्तानसँग खेल्ने भएको छ । जेठ ८ गते सुरु हुने च्याम्पियनसिपको पहिलो दिन हुने चार खेल मध्ये तेस्रो खेल नेपाल र कीर्गिस्तानबीच हुनेछ ।
यसअघि जेठ ६ देखि १५ गते सम्म हुने भनिएको च्यालेन्ज कप अब जेठ ८ देखि १४ गते सम्म हुने नेपाल भलिबल संघले जनाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा हुने च्यालेन्ज कपमा पहिलो दिनको पहिलो खेल उज्वेकिस्तान र श्रीलंकाबीच हुनेछ । दोस्रो खेल बंगलादेश र भारतबीच हुनेछ । त्यस्तै अन्तिम खेल माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ ।
सात दिने प्रतियोगिताको पहिलो तीन दिन ४ खेल र बाँकी ४ दिन दुई खेल हुनेछन् । नेपालले दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग, तेस्रो खेल भारतसँग जेठ १० गते खेल्नेछ । समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।
दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोली सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् । च्यालेन्ज कपमा कुल २० खेल हुनेछ । च्यालेन्ज कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डटकम र कान्तिपुर टेलिभिजनले गर्नेछन् ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।