2 years ago
April 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आर्मी समूह ‘ए’ विजेता तथा पुलिस समूह ‘बी’ को विजेता बन्दै अन्तिम चारमा पुग्न सफल भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको समूह ‘ए’ को लिगको खेलमा आर्मीले गण्डकी प्रदेशमाथि २५–१०, २५–१७ र २७–२५ को सोझो सेटमा जित निकाल्दै समूह विजेता बन्यो ।
यस जितसँंगै आर्मी समूह विजेता बन्दा यो समूहमा दुई टोलीमात्र रहेकाले पराजित भएको गण्डकी पनि समूह उपविजेता बनेर सेमफाइनलमा पुगेको छ ।
पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको अर्काे खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २५–१६, २५–१७ र २५–१६ को सोझो सेटमा हराएर समूह विजेता बन्यो । पुलिसले पहिलो खेलमा एपिएफलाई ३–० कै सोझो सेटमा हराएको थियो । बिहीबार एपीएफ र सुदूरपश्चिमबीच हुने लिगको अन्तिम खेलबाट सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ ।
पाँच दिनसम्म लिगकम नकआउटको आधारमा सञ्चालन हुन प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख रुपैयाँ र सन्त्वना पुरस्कार ५० हजार रुपियाँ पाउनेछ ।
विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही १० हजार र सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । पोष्टबहादुर बोगटीको सम्झनामा आयोजित भलिबल प्रतियोगितामा तीन विभागीय, गण्डकी र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।