2 years ago
April 11, 2023
काठमाडौं (हाम्रो खेलकुद)– झण्डै छ सातापछि काठमाडौंमा आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल र भारत एउटै समूहमा परेका छन् ।
नेपाल भलिबल संघको आयोजनामा जेठ ६ देखि १५ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा हुने च्यालेन्जकपको समूह एमा नेपाल, भारतसहित बंगलादेश र कीर्गिस्तान रहेको संघले जनाएको छ ।
त्यस्तै समूह बीमा दक्षिण एसियाका अन्य दुई टोली माल्दिभ्स र श्रीलंकाका साथै उज्वेकिस्तान र काजाकास्तान रहेका छन् । च्यालेन्ज कपका लागि नेपाली महिला टोलीको प्रशिक्षण अहिले जारी रहेको छ । हाल प्रशिक्षक जान डे ब्रान्टको नेतृत्वमा २१ खेलाडी प्रशिक्षणमा रहेका छन् । अर्को साता टोलीको दोस्रो चरणको छनोट हुने बुझिएको छ ।
सन् २०१९ मा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनपछि नेपाल र भारतको महिला भलिबल टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो । त्यति बेला नेपाल फाइनलमा भारतसँग ३–२ ले पराजित भएको थियो । नेपाल पहिलो पटक सागको फाइनलमा त्यति बेला पुगेको थियो । त्यसअघि नेपालले तीन पटक सागमा कास्य पदक जितेको थियो ।
नेपालले दुई पटक एभीसी सेन्ट्रल जोनको उपाधि पनि जितिसकेको छ । यसपटक भने भारत, श्रीलंका र काजकस्तान जस्ता बलिया टोली पनि प्रतियोगितामा सहभागिता हुँदैछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युबमा आउनेछ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।