default_image

2 years ago

April 10, 2023

एनजिए र आरएनजिसीबीच प्रशिक्षण सन्चालनको सम्झौता

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- जुनियर र महिला गल्फ खेलाडीलाई निःशुल्क प्रशिक्षण दिने उद्देश्यका साथ नेपाल गल्फ संघ (एनजिए) र रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) बीच सोमबार सम्झौता भएको छ।

सम्झौता पत्रमा एनजिएका अध्यक्ष टासी घले र आरएनजिसीका अध्यक्ष मधुकर याकथुम्बाले हस्ताक्षर गरे। आरएनजीसीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र एनजीएका युथ डेभलेपमेन्ट डाईरेक्टर दिपक आचार्यको उपस्थिति थियो। सम्झौता अनुसार एनजिएले प्रशिक्षणका लागि आवश्यक सामग्री र अन्तराष्ट्रिय प्रशिक्षकको व्यवस्था गर्नेछ।

आरएनजिसीले साताको दुई दिन गल्फ प्रशिक्षण क्याम्प सञ्चालन गर्नेछ। क्याम्पमा छनौट हुने खेलाडीलाई खेल्नका लागि निशुल्क कोर्स उपलब्ध गराउनेछ। यो बाहेक राष्ट्रिय टिमका खेलाडीहरूलाई शनिबार बाहेक अन्य दिन आरएनजिसीको कोर्समा खेल्न र विदेशी प्रशिक्षकबाट प्रशिक्षण दिइने बताइएको छ।

यो सम्झौता पश्चात एनजिए र आरएनजिसी को संयुक्त पहलमा हरेक साता युवा र महिला गल्फ खेलाडीले निःशुल्क प्रशिक्षण लिनेछन्। आगामी शनिबार इच्छुक खेलाडीहरुको नाम दर्ता गरिनेछ र छनौट समितिले प्रशिक्षणका लागि खेलाडी चयन गरिने जनाइएको छ। एनजिएका अध्यक्ष टासी घलेले आगामी दिनमा उत्कृष्ट खेलाडी तयार पार्नका लागि संघले आरएनजिसीसँग मिलेर प्रशिक्षण कार्यक्रम सन्चालन गर्न लागेको जानकारी गराए।

‘विगतमा पनि नेपालका उत्कृष्ट गल्फ खेलाडी आरएनजीसीबाट नै उत्पादन भएका हुन्। गल्फको विकासमा आरएनजिसीको ठूलो योगदान रहँदै आएको छ र यो कार्यक्रमका लागि क्लब र प्राविधिक सहयोग उपलब्ध गराई हामीलाई सहयोग गर्नुभएकोमा क्लब‌लाई धन्यवाद दिन चाहन्छौं,’ घलले भने, ‘पहिला पनि यस्तै कार्यक्रम सञ्चालन भएको थियो तर त्यो सुचारू हुन‌ सकेन। अब यस कार्यक्रमबाट उत्कृष्ट खेलाडीको पहिचान‌ र प्रशिक्षण हुनेमा हामी आशावादी छौं।’

आरएनजिसीका अध्यक्ष मधुकर याकथुम्बाले युवा र महिला खेलाडीका लागी निःशुल्क प्रशिक्षण प्रदान गर्न लागेकोमा एनजिएको प्रशंसा गरे। उनले भने, ‘गल्फ र खेलाडी विकासका लागी एनजिएले सञ्चालन गर्ने कार्यक्रममा आरएनजीसीको तर्फबाट हरसम्भव सहयोग रहने छ।’

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.