2 years ago
April 9, 2023
काठमाडौं (हाम्रो खेलकुद)– न्यूजेन एफसीले फाइभ ए साइड फुटसल प्रतियोगिताको उपाधि जितेको छ । मिडिया इभेन्ट रिसोर्स सेन्टरले आयोजना गरेको प्रतियोगिताको फाइनलमा रियल म्याड्रिड फ्यान क्लबलाई ३–१ ले हराउँदै न्यूजेनले उपाधि जितेको हो ।
न्यूजेटका रेफी महर्जन उत्कृष्ट खेलाडी र ओमनाथ थापा उत्कृष्ट गोलकिपर घोषित भए । लाखुर फुटसलका भुवन राउत प्रतियोगिताका सर्वाधिक गोलकर्ता रहे । सातदोबाटोस्थित सेभेन वेज फुटसलमा शनिबार भएको प्रतियोगिता विजेता न्यूजेनले २० हजार र रियल म्याड्रिड फ्यान क्लबले १० हजार रुपैयाँ प्राप्त गरे । न्यूजेन स्पोर्टस सेन्टर भैसीपाटीले विजेता टोलीका खेलाडीको सम्मानमा कार्यक्रम आयोजना गरेको थियो ।
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – करातेका राष्ट्रिय च्याम्पियन खेलाडी मोहम्मद शेखु आलम अमेरिकामा नगदसहित सम्मानित भएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लबले आलमलाई १ हजार अमेरिकी डलर (१ लाख ३७ हजार रुपैयाँ) र सम्मान पत्रले सम्मानित गरिएको ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण तथा एसिया प्यासेफिक सितोरियो करातेका स्वर्णधारी, क्लबका प्रशिक्षक तथा […]
April 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीवार हुने भएको छ । प्रतियोगितामा नेपालका विभिन्न जिल्ला/क्लब, भुटान र थाइल्यान्डका २ सय ५० खेलाडीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी गराए । पुरुषमा १२ र महिलामा ११ […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने आठौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले प्रत्यक्ष प्रसारणको लागि आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। बढीमा ६ टोलीको सहभागितामा वैशाख १० देखि १३ गतेसम्म प्रतियोगिता सन्चालन हुनेछ। […]