default_image

2 years ago

April 9, 2023

केल्मी र न्यू डायमण्डको सहकार्य निरन्तर

288 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको न्यू डायमन्ड युथ स्पोर्टस क्लब र खेलकुद पोशाक निर्माण कम्पनी केल्मीबीचको सहकार्यले निरन्तरता पाएको छ ।

सहकार्यको तेस्रो वर्षका लागि न्यू डामण्डका अध्यक्ष तथा प्रशिक्षक कुमार राई र नेपालका लागि केल्मीको आधिकारिक विकृता कामारु ट्रेडिङका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले आइतबार सम्झौता नविकरणमा हस्ताक्षर गरेका छन् । सम्झतौ २०८० भरका लागि नविकरण गरिएको बताइएको छ ।

केल्मीले एक वर्षसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनका लागि खेल पोशाक उपलब्ध गराउनेछ । न्यू डायमण्डले केल्मीको प्रचारमा सहयोग गर्नेछ । २०७७ बाट केल्मी र न्यू डायमण्डबीच सहकार्य हुँदै आएको छ । न्यू डायमण्डले पुसमा एनभिए क्लब च्याम्पियनसिपको उपाधि जितेको थियो ।

देशभित्र भलिबलको लोकप्रियता बढाउन र खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले न्यू डायमण्डलाई निरन्तर सहयोग गरेको जनाउँदै कामारुका प्रबन्ध निर्देशक न्यौपानेले सहकार्य भविष्यमा पनि जारी रहने बताए ।

सिमित साधान श्रोतका वावजुद भलिबलमा निरन्तर सक्रिय रहन केल्मीको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै न्यू डायमण्डका अध्यक्ष राईले भने, ‘केल्मीको सहयोगले खेलाडीको हौसला बढेको छ । न्यू डायमण्डले भलिबल एकेडेमीका साथै यू १८ को प्रतियोगिता समेत सञ्चालन गर्दै आएको छ । केल्मीले भलिबल र क्रिकेटको राष्ट्रिय टोलीलाई पनि प्रायोजन गर्दै आएको छ ।’

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.