default_image

2 years ago

April 8, 2023

बुद्धिचालका फिडे मास्टर श्रेष्ठको निधन

431 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बुद्धिचालका अन्तर्राष्ट्रिय खेलाडी तथा फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठको ५६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । शुक्रबार नै उनको अन्तिम संस्कार गरिएको नेपाल बुद्धिचाल संघका वरिष्ठ उपाध्यक्ष हेराकाजी महर्जनले जानकारी दिए ।

बुद्धिचाल संघका पूर्व उपाध्यक्ष ,मखन चेस क्लबका संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठ लामो समयदेखि क्यान्सर रोगबाट पिडित थिए । उनले इटालीमा भएको ३७ औं ओलम्पियाड, जर्मनीमा भएको ३८ औं ओलम्पियाड र नर्वेमा भएको ४० औं ओलम्पियाडमा देशको प्रतिनिधित्व गरेका थिए ।

श्रीलंकामा सम्पन्न भएको एशियन जोनल ३.२ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरि फिडे मास्टर टाइटल जितेका श्रेष्ठले बंगलादेशमा भएको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए । लेबनान, युएई र इन्डोनेसियामा सम्पन्न एशियन सिटिजमा नेपाली टिमको प्रतिनिधित्व गरका उनले न्युजिल्यान्डमा भेट्रान चेस च्याम्पियनसिप , अमेरिकामा मार्सल चेस च्याम्पियनसिपमा पनि भाग लिएका थिए ।

नेपालको बुद्धिचाल खेल इतिहासमा पहिलो पटक रेटिङ प्रतियोगिताको सुरुवात श्रेष्ठले नै गरेका थिए । वरिष्ठ उपाध्यक्ष महर्जनका अनुसार मखनस्थित आफ्नो घरमा श्रेष्ठले बुद्धिचालका लागि एउटा कोठा छुट्टाएका थिए । उनीकी श्रीमती छन् ।

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.