2 years ago
March 31, 2023
अर्जुन कार्की, बागलुङ
नेपाल पुलिस क्लबले कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले चैत्राष्टमी मेला २०७९ मा आयोजना गरेको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा पुलिसले घुम्टे युवा परिवार गलकोटलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
घुम्टेले पहिलो र तेस्रो सेट जितेको थियो । पुलिसले दोस्रो, चौथो तथा निर्णाय एवंम् पाँचौ सेट आफ्नो पक्ष पार्दै उपाधि जितेको हो । पुलिसले पहिलो १८–२५ ले गुमाएको थियो भने दोस्रो सेटमा २५–१९ को सहज जित निकालेको थियो । तेस्रो सेटमा २२–२५ ले गुमाएको पुलिसले चौथो सेटमा २५–२३ र पाँचौं सेटमा १५–९ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।
उपाधिसँगै च्याम्पियन पुलिसले ३ लाख रुपैयाँ प्राप्त गर्यो । घुम्टेले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगितामा हिलसाइड निर्माण सेवाको निलो तेस्रो र सेतो चौथो भएको छ । दुवै टोली एउटै क्लबका भएकाले क्लबको चाहना अनुसार निलोलाई तेस्रो र सेतोलाई चौथो घोषणा गरिएको आयोजकले जनाएका छन् । तेस्रो टोलीले ७० हजार रुपैयाँ प्राप्त गरे ।
पुलिस क्लबका विशाल बहादुर विक सर्वोत्कृष्ट खेलाडी घोषित भएर उनले १० हजार रुपैयाँ प्राप्त गरे । परम्परागत रुपमा हरेक वर्ष हुँदै आएको चैत्राष्टमी मेला यस वर्ष चैत्र १३ गतेदेखि १७ गतेसम्म आयोजना गरिएको थियो । मेलामा अयोजना गरिएको कालिका कप खुल्ला भलिबल प्रतियोगितामा १३ टोलीको सहभागिता थियो ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।