2 years ago
March 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन धन बहादुर थापा शीर्षस्थानमा उक्लिएका छन् ।
आज ४–अन्डर ६४ को उत्कृष्ट नतिजा सहित समग्रमा ३–अडर १ सय ३३ मा शीर्षस्थानमा उक्लिएका हुन् । उनले भुवन कुमार रोक्का र रबि खड्कालाई १ स्ट्रोकले पछि पारे। भुवन र रबि समग्रमा २अन्डर १ सय ३४ को स्कोरमा दोस्रो स्थानमा छन् ।
भुवन १–अन्डर ६७ को स्कोरमा दोस्रो स्थानमा उक्लदा पहिलो दिनका लिडर रबि ३–ओभर ७१ को खराब प्रदर्शनमा दोस्रो स्थानमा तल झरेका हुन् ।
एमेच्योरद्वय सदभाव आचार्य र सुबाश तामाङ तथा प्रोफेसनल गल्फर दीपक मगर र दिनेश प्रजापतिले समग्रमा १–अन्डर १ सय ३५ सहित संयुक्तरुपमा चौथो स्थान बाँडे। राष्ट्रिय टिमका सदभावले २–अन्डर ६६ र नेपाल नम्बर एक एमेच्योेर खेलाडी सुबाश तामाङले इभन–पार ६८ मा दोस्रो दिनको खेल सकाए।
यसैगरी दीपकले १–ओभर ६९ र दिनेशले ३–ओभर ७१ को कार्ड तयार पारे । पहिलो दिन तेस्रो स्थानमा रहेका भुवन नगरकोटीले आज २–ओभर ७० को स्कोरमा खेल सकाउँदा समग्रमा इभन–पार १ सय ३६ सहित आठौं स्थानमा तल झरे । ४–ओभर १ सय ४० को स्कोरमा युवराज भुजेल र शिवराम पौडेल संयुक्तरुपमा नवौं स्थानमा रहेका छन् । दुवैले आज ३–ओभर ७१ मा खेल सकाए ।
सुर्य प्रसाद शर्मा र रामे मगर समग्रमा ५–ओभर १ सय ४१ सहित संयुक्तरुपमा ११औं स्थानमा रहेका छन्। ३६ होलको समाप्तीमा १५–ओभर १ सय ५१ सम्म स्कोर गर्ने सञ्जय लामा, टंक बहादुर कार्की, रमेश अधिकारी, रामकृष्ण श्रेष्ठ, कमल तामाङ, जयराम श्रेष्ठ, प्रदीपकुमार लामा, प्रभातकुमार राजबाहक, राजेन्द्र श्रेष्ठ प्रधान, सञ्जोक मोक्तान, बसन्तराज गुरुङ र कृष्णमान राजबाहकले कट बनाएका छन् । यस्तै एमेच्योर खेलाडी टासी छिरिङ, सुरेश तामाङ र निश्चयजङ्ग रायमाझीले पनि कट बनाएका छन् ।
धनको पहिलो नौ होलको खेल नाटकीय बन्यो। पहिलो होलमा इगलको सफलता प्राप्त गरे । दोस्रो होलमा बोगी प्रहार गर्दा पाँचौं होलमा डबल बोगीको सामना गरे। यसपछि सातौ र नवौं होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३३ मा सकाए। यसपछि उनले ५–पारको दशौं होलमा दिनको दोस्रो इगल प्रहार गरे भने १७औं होलमा एक सट बचाएर ब्याक नाइन ३–अन्डर ३१ मा पुरा गरे ।
भुवन कुमार रोक्काले फ्रन्ट २–अन्डर ३२ मा पुरा गर्ने क्रममा पहिलो होलमा एक सट बचाए। तर तेस्रो होलमा डबल बोगी खेपे। लगत्तै चौथो होलमा इगल र पाँचौ होलमा बर्डी प्रहार गरे। यसपछि १०औं होलमा बर्डी गरेपनि १७औं होलको डबल बोगीले ब्याक नाइन १–ओभर ३५ मा सकाए ।
पहिलो दिनका लिडर रबिले आज एकरूपताको प्रदर्शन गर्न सकेनन्। पहिलो, दोस्रो र चौथो होलमा बर्डी प्रहार गरे । तेस्रो र नवौं होलमा एक–एक सट खेर फाले। ब्याक नाइनको सुरूवात इगलबाट गरे। तर यसपछि लय गुमाउँदा ११औं, १२औं र १८औं होलमा बोगी मात्र खेपेनन् ५–पारको १३औं होलमा ट्रीपल बोगीको सामना गरे । ब्याक नाइन ४–ओभर ३८ मा सकाए। यही प्रदर्शनमा उनले शीर्षस्थान जोगाउन सकेनन् ।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित र सुर्य नेपाल प्रालिको प्रायोजनमा जारी प्रतियोगितामा ३० प्रोफेसनल र ७ एमेच्योर गरी कुल ३७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। कुल ५ लाख ४५ हजार नगद पुरस्कार राशीको प्रतियोगितामा विजेताले उपाधिसँगै १ लाख प्राप्त गर्नेछन् । दोस्रो हुनेले ६५ हजार र तेस्रो हुनेले ४६ हजार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट २१ मा पर्ने व्यवसायिक खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]