default_image

2 years ago

March 28, 2023

ढोरपाटन भलिबलमा एपिएफको दोहोरो जित

299 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपमा दोहोरो जित दर्ता गरेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा मंगलबारदेखि शुरु भएको च्याम्पियनसिपमा उपाधि दावेदार एपिएफले न्युटन भलिबल एकेडेमी र आयोजक ढोरपाटनमाथि समान ३–० को सोझो सेटमा पराजित गर्दै दोहोरो सफलता हात पारेको हो ।

पहिलो खेलमा एपिएफले न्युटनमाथि २५–२०, २५–१८ र २५–१५ को तथा दोस्रो खेलमा ढोरपाटनमाथि २५–१३, २५–१५ र २५–२१ को सोझो सेटमा जित निकाल्यो ।

अर्काे खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले नेपाल गणतान्त्रिक खेलकुद महासंघलाई २५–१७, २५–१७ र २५–२० ले पराजित गर्दै विजयी सुरुरुवात गरेको छ । आर्मीसँग पराजित भएको गणतान्त्रिकले हिम रश्मी हाई स्कुलमाथि २५–२०, २९–२७ र २५–१८ को जित दर्ता गरेको छ ।

च्याम्पियनसिपमा ११ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछ । फाइनल २२ चैतमा हुनेछ । च्याम्पियनसिपमा बुधबार चार खेल हुनेछ ।

च्याम्पियनसिपको प्रतिनिधि सभा सदस्य तथा प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचन, बडिगार्ड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा, ढोरपाटन नगरपालिकाका उपमेयर कल्याण कायतलगायतले उद्घाटन गरे ।

च्याम्पियनसिपको विजेताले २ लाख ५० हजार, कप र मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख २५ हजार, कप र मेडल प्राप्त गर्नेछ । तेस्रो हुनेले ६५ हजार, कप र मेडल प्राप्त गर्नेछ । च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया प्राप्त गर्नेछ ।

व्यक्तिगत विधातर्फ स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रशिक्षण ट्रेनिङ गरेका प्रशिक्षकलाई मात्रै उत्कृष्ट प्रशिक्षक प्रदान गरिने आयोजकले जनाएको छ ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.