default_image

2 years ago

March 27, 2023

मेचिनगर वडा स्तरीय फुटसल हुने

275 views

0 Bookmark

झापा (हाम्रो खेलकुद) – मेचिनगर नगरपालिकामा नयाँ वर्षको अवसरमा वडा स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । धुलावारी फुटसल एरिनामा वैशाख १ गतेदेखि ९ गते सम्म प्रथम मेचिनगर वडा स्तरीय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

मेचिनगर भित्रका १५ वडाका टिमलाई समाावेश गरिने प्रतियोगिताका संयोजक तथा धुलावारी फुटसलका संचालक विवेक बस्नेतले जानकारी दिएका छन् । युवा माझ निकै लोकप्रिय बन्दै गएको फुटसलका खेलाडीहरुलाई हैसला प्रदान गर्न नयाँ बर्षको उपलक्षमा आयोजना गरिने फुटसल प्रतियोगिताको सह–आयोजक हलेसी मेडिकल हल रहेको छ ।

प्रतियोगिताको विजेताले ३० हजार, दोस्रो टोलीले १५ हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताको सहआयोजक हलेसी मेडिकल हलका संचालक सोम ओझाले जानकारी दिएका छन् । त्यस्तै प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने बताइएको छ ।

धुलावारी फुटसल एरिनाले आफ्नो स्थापना काल देखिनै विद्यार्थी, संघ संस्था र युवाहरुलाई लक्षित विभिन्न प्रतियोगिता संचालन गरिसकेको छ ।

April 16, 2025

करातेका शेखु अमेरिकामा नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – करातेका राष्ट्रिय च्याम्पियन खेलाडी मोहम्मद शेखु आलम अमेरिकामा नगदसहित सम्मानित भएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लबले आलमलाई १ हजार अमेरिकी डलर (१ लाख ३७ हजार रुपैयाँ) र सम्मान पत्रले सम्मानित गरिएको ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण तथा एसिया प्यासेफिक सितोरियो करातेका स्वर्णधारी, क्लबका प्रशिक्षक तथा […]

April 15, 2025

अन्तर्राष्ट्रिय जुडो यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीवार हुने भएको छ । प्रतियोगितामा नेपालका विभिन्न जिल्ला/क्लब, भुटान र थाइल्यान्डका २ सय ५० खेलाडीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी गराए । पुरुषमा १२ र महिलामा ११ […]

April 13, 2025

केएनपी महिला भलिबलको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने आठौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले प्रत्यक्ष प्रसारणको लागि आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। बढीमा ६ टोलीको सहभागितामा वैशाख १० देखि १३ गतेसम्म प्रतियोगिता सन्चालन हुनेछ। […]

Success

Thank you for your time.