default_image

2 years ago

March 24, 2023

पोखरा स्पोर्ट्स अवार्ड वैशाखमा

181 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं पोखरा स्पोर्ट्स अवार्ड २०७९ अर्को महिना आयोजना हुने भएको छ ।

अवार्ड पोखरा सभागृह हलमा २०८० वैशाख २३ गते आयोजना हुने मञ्चले जनाएको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन शुक्रबार मञ्चका पूर्व अध्यक्ष, सल्लाहकार सहितको छलफल बैठक सम्पन्न भएको जनाएको छ । बैठकमा अवार्ड कार्यक्रमलाई कसरी व्यवस्थित रुपमा सम्पन्न गर्ने भन्नेबारेमा छलफल भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

अवार्ड कार्यक्रमको निरन्तरतासँगै यसको गरिमालाई थप उचाइमा पु¥याउन गर्नुपर्ने तयारीको बारेमा मिहिन ढंगले छलफल भएको मञ्चका प्रवत्ता समेत रहेका महासचिव पौडेलले जनाए । कार्यक्रमलाई भव्य बनाउन तथा मञ्चमा आवद्ध सबै सदस्यलाई सक्रिय बनाउन शनिबार भेलाको आयोजना समेत गरिएको उनले जनाए । सोही भेलाबाट विभिन्न उपसमिति गठन गरेर तयारीमा थप तिव्रता दिने मञ्चले जनाएको छ ।

सातौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने मञ्चले जानकारी दिएको छ ।

अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका लगायतले सहयोग गर्ने तय भैसकेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चले जनाएको छ ।

मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको छलफल बैठकमा संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पूर्व अध्यक्ष तथा सल्लाहकार विनोद लामिछाने, पूर्व अध्यक्ष केशव पाठक, सल्लाहकार रञ्जन अधिकारी क्षेत्री, पूर्व सल्लाहकार सन्देश श्रेष्ठ, वर्तमान उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशीकुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर, सदस्य राजु गिरी, सुदर्शन रञ्जित, सागरराज तिमिल्सिना लगायतले अवार्ड कार्यक्रमका विभिन्न पाटोका बारेमा आफ्नो भनाई राखेका थिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.