2 years ago
March 22, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता खेलाडीलाई दिने भनिएको नगद पुरस्कार छिटो उपलब्ध गराउनु पर्नेसहित ३ बुँदे माग पत्र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नेतृत्वलाई बुझाएको छ ।
अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा रहेको खेलाडी संघको टोलीले राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई माग पत्र हस्तान्तरण गरेका थिए । नवौं राष्ट्रिय खेलकुद कात्तिकमा गण्डकीमा सम्पन्न भएको थियो ।
नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई बृहत राष्ट्रिय खेलकुदको कार्यविधिमा उल्लेख भए वमोजिम प्रदान गरिने नगद पुरस्कार रकम तुरुन्त उपलब्ध गराउनु पर्ने, १९ औं एशियाली खेलकुद आगामी सेप्टेम्वरमा हुने भएकोले खेलाडीहरुको तयारी प्रशिक्षण तत्काल संचालन गर्नु पर्ने माग राखेको छ ।
त्यस्तै साग स्वर्ण, एशियाली खेलकुदमा पदक विजेता र ओलम्पियन खेलाडीहरुले विगतमा पाउँदै आएको प्रोत्साहन भत्ता यथाशिघ्र उपलब्ध गराउन संघले जोडदार माग गरेको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]