2 years ago
March 20, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली बक्सिङ खेलाडीले विश्व बक्सिङमा अर्को महत्वपूर्ण सफलता हासिल गरेकी छिन् । भारतको नयाँ दिल्लीमा सञ्चालन भइरहेको आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपको ५२ केजी तौल समूहमा अन्जनी टेली क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् ।
हैटीकी खेलाडी क्याटरिन मारिया स्टालीङ्गलाई ५–० अंकले पराजित गर्दै अन्जली अन्तिम आठमा पुगेको नेपाल बक्सिङ संघले जनाएको छ । अर्को खेल जितेको खण्डमा अन्जलीले कम्तीमा कास्य पदक पक्का गर्नेछिन् । खेलको पहिलो राउण्ड ५ जना जजहरुले अन्जलीलाई जिताएको थियो भने दोश्रो राउण्ड खेल मारियाको पक्षमा गएको थियो तर तेश्रो तथा अन्तिम राउण्डमा मारिया माथी हावी हुँदै खेल ५–० अंकले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
अन्जनीले बुधबार बेलारुसकी खेलाडी युलिया अपनासोमिचसँग प्रतिश्पर्धा गर्नेछिन् । आजै भएको अर्को खेलमा युलियाले उजवेकिस्तानका खेलाडीलाई स्पिट डिसिजनमा पराजित गरेको थियो । यस अघि नेपालको लागि पदकको आश गरेका सुष्मा तामाङ्ग ४८ के.जी. तौल समुहमा बल्गेरियाका खेलाडीसँग ३–४ अंकको झिनो अन्तरको हार बेहोर्दै प्रतियोगितबाट बाहिरिइन् ।
संगिता सुनार ६० के.जी. तौल समूहमा अष्टे«लियाका खेलाडीसँग ४–१ को अन्तरले पराजित भएकी थिइन् । ७० के.जी. तौल समुहको नेपालकी सरस्वती राना सर्वियाका खेलाडीसँग ५–० अंकले गुमाइन् । त्यस्तै मिनु गुरुङ्ग, ५४ के.जी. तौल समुहमा थाइल्याण्डसँग, ५७ के.जी. तौल समुहमा चन्द्रकला थापा भनेजेलाका खेलाडीसँग र ५० के.जी. तौल समुहमा अस्मीत दुवाल बोत्स्वानाका खेलाडीसँग ५–० अंकको पराजित भएकी थिइन् ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]