2 years ago
March 12, 2023
बुटबल (हाम्रो खेलकुद)– बुटवल जिम एण्ड फिटनेसका सुनिल आलेले प्रथम मिस्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । ३४ प्रतिस्पर्धीलाई पछि पार्दै सुनिल ओभरअल च्याम्पियबन बनेका हुन् ।
६५ केजी तौलसमूहका विजेता समेत रहेका सुनिलले उपाधिसहित ५० हजार रुपैयाँ, ट्रफि र व्यानेट प्राप्त गरे । ५५ केजी तौल समूहमा फिजिकल फिटनेसका आकाश गुरुङ विजयी भए । त्यसमा फिटनेस टाइमका प्रविन पौडेल दोस्रो र रोयल आइरनका बलराम डुम्रे तेस्रा भए । ६० केजी तौल समूहमा फिटनेस हबका स्यामुल गुरुङ पहिलो, बुटवल जिम एण्ड फिटनेसका भानुभक्त कठरिया दोस्रो र पावर एण्ड मशल जिमका रमेश थापा तेस्रा भए ।
सुनिलले विजयी भएको ६५ केजी तौल समूहमा द ड्रिम फिटनेसका सुरेश गुरुङ दोस्रो तथा कृष्ण जिमका चन्द्रबहादुर थापा तेस्रो भए । ७० केजीमा रोयल जिमका गौतम राना प्रथम, विलिङनेश जिम एक्सप्रेसका विजय कार्की क्षेत्री दोस्रो र फिटनेस टाइमका आकाश जिशिले तेस्रो भए ।
त्यसैगरी ७० केजी माथिको तौल समूहमा रोयल जिमका कुशल प्रसाद गुरुङ विजयी भए । फिटनेस टाइमका अमित डांगी दोस्रो र निवोध एरोविक्स एण्ड जिमका सुरेशबहादुर दमाई तेस्रा भए । हरेक तौल समूहको विजेताले ३ हजार, दोस्रो हुनेले २ र तेस्रो हुनेले १ हजार रुपैयाँ प्राप्त गरे ।
तौल समूहबाट विजेता बन्दै छनोट चरण पार गरेका पाँच जना विजेताबीच अन्तिम प्रतिस्पर्धा भएको थियो । फाइनलमा सुनिलसँग आकाश गुरुङ, स्यामुल गुरुङ, गौतम राना र कुशल प्रसाद गुरुङको प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको बेष्ट पोजरको उपाधि ५५ केजीका विजेता आकाश गुरुङले जिते ।
रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा शनिबार बुटवलमा सम्पन्न प्रतियोगिताको विजेतालाई प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, आयोजक संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश राजभण्डारी तथा बुटवल उपमहानगरपालिका बडा न ९ का अध्यक्ष प्रदिप श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]