8 years ago
January 1, 2017
बटौली (हाम्रो खेलकुद) – खेलकुद पत्रकार दिपक न्यौपाने स्कलर्शहोम पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । बिद्यालयको खेलकुद र शिक्षा क्षेत्रमा कलम चलाउने एक पत्रकारलाइ बार्षिक रुपमा सम्मान गर्ने उद्देश्यका साथ यसै बर्ष स्थापित पुरस्कारबाट न्यौपाने सम्मानित भएका हुन् ।
सबल नेपाल साप्ताहिक,बुद्ध टिभि,हाम्रो खेलकुद र सबल नेपाल अनलाइन टिभिमा आबद्ध पत्रकार न्यौपाने ७ बर्षदेखी बुटवललाइ कार्यक्षेत्र बनाइ पत्रकारिता गरिरहेका छन् ।
स्कलर्श होम इङ्लिस बोडिङ स्कुलको रजत महोत्सवका अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्रालयका सहसचिब टेकनारायण पाण्डे,विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष मनहरी बस्यालले न्यौपानेलाइ ५ हजार रुपैयाँ तथा सम्मानपत्रले सम्माति गरेका थिए । कार्यक्रममा पूर्व कर्मचारी, पूर्व शिक्षक, पूर्व प्राचार्य, विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।
December 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- थापाथली चेस पार्कले सातौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबमाथि मंगलवार कठिन जित निकाल्दै थापाथली चेसले उपाधि जितेको हो।थापाथलीले क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्टको गेममा २-२ अंक बराबर गर्दै र्यापिड चरण सम्म धकेल्न सफल भएको थियो। ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा क्लासिकल खेल रोमाञ्चक मोड लिदै बराबरीमा […]
December 30, 2024
सुमन अधिकारी, बुटवल बुटवलमा मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ बुधवार सुरु हुने भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा आयोजना हुने प्रतियोगिता पुस २४ गतेसम्म सञ्चालन चल्नेछ […]
December 30, 2024
सुमन अधिकारी ,बुटवल बुटवल उपमहानगरपालिकाको आयोजनामा अन्तर विद्यालय स्तरीय छैंटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मंगलवार सुरु हुँदैछ । नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले प्रतियोगितामा नगरभित्रका सामुदायिक र निजि गरि ५३ विद्यालयका करिब १५ सय विद्यार्थीको सहभागिता रहने जानकारी दिए। प्रतियोगितामा भलिबल, कबड्डी, तेक्वान्दो, कराते र एथलेटिक्समा गरि ५ खेलमा प्रतिस्पर्धा गराइने जनाइएको […]