2 years ago
March 10, 2023
काठमाडौं (हाम्रो खेलकुद)– आइएमई ग्रुपले माई पे कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि जितेको छ । डिजिटल वालेट माई पेले आयोजन गरेको फुटसलको फाइनलमा शुक्रबार खल्तीलाई ६–१ ले हराउँदै आइएमईले उपाधि जितेको हो ।
यशवन्त परियारले ह्याट्रिक गरेको फाइनलमा आइएमईका लागि अशिष केसीले २ र सुमित श्रेष्ठले १ गोल गरेका थिए । त्यसअघि आइएमईले क्वार्टरफाइनलमा फोन पेलाई ८–० ले सेमिफाइनलमा आयोजक माई पेलाई ८–० ले हराएको थियो ।
प्रतियोगितमा माई पेको दुई टोली, माछापुच्छ«े बैंक, डिजिटल वालेट सेल पे, पे वेल, खल्ती, फोन पे र आइएमई ग्रुपगरि ८ टोलीको सहभागिता रहेको थियो । हाडीगाँउस्थित धन्यन्तरी फुटसलमा भएको प्रतियोगिताको विजेता टोली आइएमई ग्रुपले उपाधिसहित १ लाख र दोस्रो टोली खल्तीले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – करातेका राष्ट्रिय च्याम्पियन खेलाडी मोहम्मद शेखु आलम अमेरिकामा नगदसहित सम्मानित भएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लबले आलमलाई १ हजार अमेरिकी डलर (१ लाख ३७ हजार रुपैयाँ) र सम्मान पत्रले सम्मानित गरिएको ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण तथा एसिया प्यासेफिक सितोरियो करातेका स्वर्णधारी, क्लबका प्रशिक्षक तथा […]
April 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीवार हुने भएको छ । प्रतियोगितामा नेपालका विभिन्न जिल्ला/क्लब, भुटान र थाइल्यान्डका २ सय ५० खेलाडीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी गराए । पुरुषमा १२ र महिलामा ११ […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने आठौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले प्रत्यक्ष प्रसारणको लागि आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। बढीमा ६ टोलीको सहभागितामा वैशाख १० देखि १३ गतेसम्म प्रतियोगिता सन्चालन हुनेछ। […]