2 years ago
March 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक बेल्जियन जान डे ब्रान्ट बुधबार काठमाडौं आइपुगेका छन् । डे ब्रान्टलाई नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
नेपाल भलिबल संघलाई प्राविधिक सहयोग गर्ने क्रममा अन्तर्राष्ट्रिय भलिबल महासंघले डे ब्रान्टलाई ६ महिनाका लागि नियुक्त गरेको संघले यसअघि नै जानकारी गराएसकेको छ । उनको पारिश्रमिक महासंघले तथा आन्तरिक खर्च भने संघले बेर्होने चन्दले बताए ।
संघको आयोजनामा २०८० जेठमा काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता आयोजना हुँदैछ । त्यसका नेपाली महिला टोलीको प्रशिक्षण सुरु भइसकेको छ । ६४ वर्षीय प्रशिक्षकले यसअघि युरोपमा विभिन्न क्लब टोलीको जिम्मेवारी सम्हालेका छन् । उनले पछिल्लो पटक सन् २०१८ मा टर्किस क्लब फेनेरबाचेको जिम्मेवारी सम्हालेका थिए ।
सन् २०१५ मा उनले हंगेरीलाई महिला युरोपेली भलिबल लिगको उपाधि दिलाएका थिए । त्यसबाहेक उनले टर्कीको घरेलु भलिबलमा पनि सफलता हासिल गरेका छन् । झन्डै २ दशक सक्रिय खेलाडीको रुपमा बिताएका ब्रान्ट त्यसयता भने प्रशिक्षणमा होमिएका थिए । उनले बेल्जियमको राष्ट्रिय महिला टोलीलाई पनि हेरेका थिए ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।