2 years ago
March 5, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले इरानमा दोस्रो विश्व जुनियर कबड्डी च्याम्पियनसिपमा कास्य पदक जितेको छ । विश्व जुनियर कबड्डीमा नेपालले पहिलो पटक पदक जित्दै इतिहास रचेको छ । नेपालसँगै सेमिफाइनल पुगेको पाकिस्तानले पनि संयुक्त रुपमा कास्य पदक जितेको छ ।
क्वार्टरफाइनलमा इराकमाथि ६४–६३ को रोमाञ्चक जित निकाल्दै नेपाल अन्तिम चारमा पुगेको थियो । सेमिफाइनलमा भने शुक्रबार नेपाल आयोजक इरानसँग ६०–३७ ले पराजित भएको थियो । त्यसअघि समूह डीमा रहेको नेपालले जर्जियालाई ८४–१७ लाई हराएको थियो । पाकिस्तानसँगको खेल भने नेपालले ६१–४१ ले गुमाएको थियो । इरानलाई हराउँदै भारतले च्याम्पियनसिपको उपाधि जितेको छ ।
नेपाली टोली
धनश्याम रोका मगर, इशरास खान, गणेश पार्की, दीपेन्द्र यादव, सागर यादव, सरमन प्रजापति, प्रकाश गिरी, आकाश भट्ट, रामु टमाटा, विजय दमाई
– पार्वती राई (मुख्य प्रशिक्षक), अरविन्दकुमार झा (प्रशिक्षक), लक्ष्मण बराल (व्यवस्थापक)
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]