default_image

2 years ago

March 3, 2023

धुलिखेलमा स्पोर्टस लिडर्स समिट सुरु

170 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा दुई दिने स्पोर्टस लिडर्स समिट काभ्रेको धुलिखेलमा शुक्रबार सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दहालले भिडियोमार्फत समिटको उद्घाटन गरेका थिए । उनले समिटमा हुने छलफलले नेपाली खेलकुदलाई दिशानिर्देश गर्न मद्दत पुग्ने विश्वास लिएको बताए ।

पहिलो दिन राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ कार्यन्वयनपछिको खेलकुदको अवस्थाका बारेमा समिक्षा भएको थियो । वरिष्ठ अधिवक्ता लोकभक्त रानाले सहजिकरण गरेको त्यो सेसनमा सहभागिहरुले ऐन कार्यान्वयनपछि खेलकुदमा उत्पन्न भएका कठिनाईका बारेमा आ आफ्नो अनुभव साटेका थिए ।

प्रदेश खेलकुद विकास परिषद्ले आ आफ्ना् प्रदेशमा परेको अप्ठेरोको बारेमा चर्चा गरेका थिए । दोस्रो दिन शनिबार खेलकुदको प्राथमिकता, खेल भौतिक पूर्वाधार, खेल प्रदर्शन र मनोविज्ञान, खेल सुरक्षा, ओलम्पिक अभियान, एन्टी डोपिङ र लैगिक समानताबारे चर्चा हुने एनओसीले जनाएको छ । यी विषयमा अन्र्तराष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधीहरु र नेपाली खेलकुद संग आवद्ध व्यक्तिहरुले आफ्नो प्रस्तुती दिने बताइएको छ ।

एनओसीले कमिटीले यस प्रकारको कार्यक्रम पहिलो पटक आयोजना गरेको जनाएको छ । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालय, सामाजिक विकास मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटीससँग आवद्ध संघका प्रतिनिधि तथा खेल पत्रकार गरि झण्डै सय जनाको सहभागिता रहेको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.