default_image

2 years ago

February 18, 2023

आर्मी फिफ्टिन्स रग्बी क्लब च्याम्पियन

532 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले तेस्रो फिफ्टिन्स रग्बी क्लब लिगको उपाधि जितेको छ । दशरथ रंगशालामा शनिबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा गोर्खाली रग्बी क्लबबीचको खेल १९–१९ स्कोरको बराबरीपछि समान १२ अंक भएपनि आर्मी स्कोर अन्तरको आधारमा विजयी भएको हो ।

अघिल्ला दुवै खेलमा आर्मी र गोर्खाली विजयी भएका थिए । शनिबारको बराबरीपछि आर्मीले ३ खेलमा २ जित र १ बराबरी सहित १२ अंक जोड्दा १ सय ६६ स्कोर गरेको थियो भने टोलीको विपक्षमा २९ स्कोर भएको थियो । त्यस्तै गोर्खालीले १२ अंक जोड्ने क्रममा १ सय ६२ स्कोर गर्दा ३९ स्कोर सामना गरेको थियो ।

त्यसअघि शनिबार नै हिमालयन रग्बी क्लबले आकाश भैरवलाई २२–१४ ले हराउँदै लिगमा तेस्रो स्थान प्राप्त गरेको थियो । हिमालयनले ३ खेलमा १ जित र २ हारसहित ४ अंक जोड्यो । आकाश भैरव भने लिगमा जित विहिन रह्यो ।

नेपाल रग्बी संघको आयोजना आइतबार सुरु भएको प्रतियोगिताका विजेता उपविजेता टोलीका खेलाडी पूर्व अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.