2 years ago
February 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघको आयोजनामा जारी तेस्रो राष्ट्रिय क्लब रग्बी फिफ्टिन्स लिगमा त्रिभुवन आर्मी क्लब र गोर्खाली रग्बी क्लबले लगातार दोस्रो जित हासिल गरेका छन् ।
दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा आर्मील हिमालयन रग्बी क्लबलाई ७५–१० को अन्तरले पराजित गरेको छ । अर्को खेलमा गोर्खालीले आकाश भैरवलाई ७६–३ ले हराएको थियो । हिमालयन र आकाश भैरव जित विहिन छन् ।
पहिलो खेलमा आर्मीले आकाश भैरवलाई ७२–० को फराकिलो अन्तरले हराएको थियो । त्यस्तै हिमालयन टाइगर पहिलो खेलमा गोर्खालीसँग ६७–१७ को अन्तरले पराजित भएको थियो ।
लिगको अन्तिम चरणको खेल शनिबार दशरथ रंगशालामा हुनेछ । अन्तिम दिन आकाश भैरव र हिमालयन तथा आर्मी र गोर्खालीबीच खेल हुनेछ । लिग चरणको अन्त्यमा शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]