2 years ago
February 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) –तेस्रो फिफ्टिन्स रग्बी लिगको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सुरु भएको रग्बी लिगको दोस्रो खेलमा सन्जिव कुँवरको कप्तानीमा रहेको आर्मीले आकाश भैरवलाई ७२–० को अन्तरले हराएको थियो ।
त्यसअघि उद्घाटन खेलमा गोर्खाली रग्बी क्लबले हिमालयन टाइगर रग्बी क्लबलाई ६७–१७ ले हराएको थियो । नेपाल रग्बी संघको आयोजनामा सुरु भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले रेफ्रीलाई रग्बी बल हस्तान्तरण गर्दै उद्घाटन गरे ।
रग्बी संघका अध्यक्ष दीपक देवकोटाको सभापतित्वमा भएको उद्घाटनमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, राखेपका सदस्य अन्जन धमलालगायतको उपस्तिथि थियो । फिफ्टिन्स रग्बी लिगमा चार क्ल्बहरु आर्मी क्लब, आकश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब सहभागी छन् ।
दोश्रो चरणको खेल फागुन ३ गते हुनेछ । त्यस दिन आर्मी र हिमालय तथा आकाश भैरव र गोर्खालीबीच खेल हुनेछ । अन्तिम दिन फागुन ६ गते हिमालयन र आकाश भैरव तथा आर्मी र गोर्खालीबीच प्रतिस्पर्धा हुनेछ ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]