2 years ago
February 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका राजन रोकायाले आठौं प्रधानसेनापति खुला म्याराथन उपाधि जितेका छन् । शनिबार भएको म्याराथन (४२.१९५ किलोमिटर) २ घन्टा २० मिनेट ०८ सेकेन्डमा पूरा गर्दै राजनले म्याराथन उपाधि जितेका हुन् ।
आर्मीकै खडकबहादुर खड्काले दोस्रो र कृष्णबहादुर बस्नेतले तेस्रो स्थान प्राप्त गरे । खड्कले २ घन्टा २१ मिनेट ४३ सेकेन्ड र कृष्णले २ घन्टा २२ मिनेट २२ सेकेन्डमा दौड पूरा गरेका हुन् ।
राजपुरा र दीपकलाई हाफ म्याराथन उपाधि
नेपाली सेनाले आयोजना गरेको प्रतियोगिताअन्तर्गत हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई र पुुरुषतर्फ आर्मीका दीपक अधिकारीले जितेका छन् । राजपुराले १ घन्टा १४ मिनेट ३४ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान प्राप्त गरेकी थिइन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने (१ घन्टा १९ मिनेट ०३ सेकेन्ड) दोस्रो र आर्मीकै निर्मला केसी (१ घन्टा २१ मिनेट २९ सेकेन्ड) तेस्रो भएकी छिन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का कास्य पदक विजेता दीपकले १ घन्टा ४ मिनेट ०६ सेकेन्डमा पूरा गरेका थिए । आर्मीकै मुकेश पाल (१ घन्टा ४ मिनेट ५७ सेकेन्ड) दोस्रा र बागलुुङका तीर्थ पून (१ घन्टा ५ मिनेट १५ सेकेन्ड) तेस्रो भए ।
सैनिक अधिकृतमा अस्मिाता र सुरज विजयी
सैनिक अधिकृत १० किलो मिटर दौडमा महिलातर्फ अस्मिता जिसी र पुरुषतर्फ सुरज ऐडी विजयी भएका छन् । अस्मिताले ४८ मिनेट ३६.४३ सकेन्डमा दौड पूरा गर्दैै पहिलो स्थान प्राप्त गरेकी थिइन् । दुुर्गा केसी (४९ मिनेट ५४.७७ सेकेन्ड) दोस्रो र गिता गुरुङ (५८ मिनेट ३९.५२ सेकेन्ड) तेस्रो भइन् ।
पुरुषतर्फ सुरजले ३८ मिनेट ०.९८ सेकेन्डमा दौड पूरा गरेर उपाधि जितेका थिए । विशाल चन्द्र वाजी (३० मिनेट १५.३१ सेकेन्ड) दोस्रो र जिलेस्पी जंग कार्की (३९ मिनेट ३६.९५ सेकेन्ड) तेस्रो भए ।
छात्रामा सोनुर छात्रमा विकेशको जित
१९ किलोमिटर छात्रामा राष्ट्रिय सेवा दलकी सोनु घतानी र छात्रमा पिनाकल एकेडेमीका विकेश घिमिरे विजयी भए । सोनुले ४३ मिनेट २५.१० सेकेन्डमा दौड पूरा गरेकी थिइन् । साधना श्रेष्ठ (४७ मिनेट ३८.६८ सेकेन्ड) दोस्रो र विजेश्वरी ज्ञान मन्दिरकी मनीषा गिरी (४९ मिनेट ३०.५७ सेकेन्ड) तेस्रो भइन् ।
छात्रमा ३५ मिनेट ०७.६२ सकेन्डमा दौड पूरा गर्दै विकेशले उपाधि जिते । एनसिसीका प्रज्वल श्रेष्ठ (३८ मिनेट २५.४५ सेकेन्ड) दोस्रो र सैनिक आवासिय महाविद्यालयका सुशिल बोहरा (३९ मिनेट ४०.८५ सेकेन्ड) तेस्रो भए ।
सैनिक सहचारीमा बानोथ विजयी
१० किलोमिटर सैनिक सहचारी पुुरुषमा भारतीय दुतावासका बानोथ प्रविण नायक विजयी भए । उनले ४२ मिनेट १०.१६ सेकेन्डमा दौड पूरा गरे । बेलायत दुुतावासका सुन्दर शेरचन (४५ मिनेट २६.७९ सेकेन्ड) दोस्रो र भारतीय दुतावासका सतिश कुमार (४५ मिनेट ३८.८४ सेकेन्ड) तेस्रो भए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]