2 years ago
February 8, 2023
काठमाडौं (हाम्रो खेलकुद)– केएनपी नेरोलेक छैटौं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको मंगलबार फाइनल खेल्ने क्रममा घाइते भएकी नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्नाको अवस्था सामान्य रहेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा न्यू डायमण्ड युथ स्पोर्टस क्लबसँगको फाइनलको चौथो सेटमा २१–२१ को अवस्थामा बल उठाउने क्रममा निरुता घाइते भएकी थिइन् ।
आफूले प्रहार गरेको स्पाइकलाई न्यू डायमण्डकी सुमित्रा रेग्मीले ब्लक गरेपछि त्यहि बल उठाउने क्रममा घुडाँ टेकेकी निरुताले बल उठाइन् । तर त्यसपछि भने उनलाई उठ्न कठिन भएको थियो । दायाँ तिघ्राको मांशपेशीमा समस्या भएपछि तेस्रो प्रयासमा बल्ल तल्ल उठेपछि उनलाई हिड्न समस्या भएको थियो । कोर्टमा सामान्य परिक्षणपछि उनलाई थप उपचारका लागि तत्काल ब्लु क्रस अस्पताल लगिएको थियो ।
एक्सरेमा केहि नदेखिएपछि चिकित्सकले औषधी दिएपछि निरुता टोलीसँग घर फर्केकी थिइन् । अहिले उनी घरमै आराम गरिरहेकी छिन् । उनले अहिलेको अवस्था बारे भनिन्, ‘हिड्दा अलि अलि गाह्रो छ । अलि अलि दुखाई छ। डक्टरले आइसिङ गर्न भन्नुभएको छ। त्यहि गर्दैछु।’
फाइनलमा ३–२ को जित निकाल्दै न्यू डायमण्ड पहिलो पटक केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता जितेको थियो । त्यसअघिका सबै ५ संस्करण एपिएफले जितेको थियो ।
चोट लाग्दाको अवस्था स्मरण गर्दे निरुताले स्मरण गरिन् ‘बल उठाएपछि म उठ्कै सकिन । लक भए जस्तो भयो । खुट्टा टेक्नै सकिन,’ उनले भनिन्,‘खेल्दा त्यस्तो कहिल्यै भएको थिएन । त्यति बेला त ठूलै चोट लागे जस्तो लागेको थियो । धन्न त्यस्तो केहि देखिएन ।’ बिहीबार पुनः चिकित्सकलाई देखाउने उनले जानकारी दिइन् ।
दार्चुलाकी निरुता नेपालले तीन वर्षअघि पहिलो पटक सेन्ट्रल जोन च्याम्पिनसिप जित्दा र सोही वर्ष १३ औं दक्षिण एसियाली खेलकुदमा रजत पदक जित्दा टोलीमा थिइन् ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।