2 years ago
February 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको राउन्ड रोविन लिगको अन्तिम खेलमा विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ ।
डायमण्डले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै लिगमा शीर्षस्थानमा रहन सफल भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा फाइनल पुगिसकेको दुवै टोलीले नयाँ खेलाडीलाई मौका दिएको थियो ।
डायमण्डले पहिलो र दोस्रो सेट क्रमश २५–२१ र २५–१९ ले जित्न सफल भयो । तेस्रो सेट डायमण्डले २१–२५ ले गुमाउन पुग्यो । चौथो सेटमा डायमण्ड २५–२१ ले विजयी हुन सफल भयो । डायमण्डकी सलिना बुढा मगर प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ र शिल्ड प्राप्त गरिन् ।
डायमण्डले नयाँ खेलाडी जेनिशा विश्वकर्मा र निशा महरलाई मौका प्रदान गर्दा प्रतिभा माली र रिमा कुँवरलाई पहिलो र चौथो सेटमा केही समय खेलाएको थियो । यता, एपिएफले सरस्वती चौधरी, निरुता ठगुन्ना र हीरा केसी र विनिता बुढाथोकीलाई विश्राम दिँदा गरिमा बोहोरा, उषा विष्ट, आरती सुवेदी र जस्ना महतोलाई मौका दिएको थियो ।
यस जितसँगै डायमण्डले ३ खेलबाट ९ अंक बटुल्दै लिगमा शीर्षस्थानमा रहेको छ । पराजयको बावजुत एपिएफ ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रह्यो । यि दुई टोलीले मंगलबार उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।
आज नै लिग राउन्डको अन्तिम खेलमा आर्मी र पुलिसले खेल्दैछ । दुवै टोली पहिलो जितको ोजीमा हुनेछ । यि दुई टोलीले नै मंगलबार तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगितामा तीन विभागीय टोलीसहित चार टोलीको सहभागिता रहेको छ । विजेताले ३ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ ।
विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ यस्तै एक नयाँ खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।