2 years ago
February 6, 2023
सल्यान (हाम्रो खेलकुद)– बंगबन्धु शेष मुजिम ढाका म्याराथनकी स्वर्ण पदक विजेता पुष्पा भण्डारीलाई गृह जिल्ला सल्यानमा स्वागत तथा सम्मान गरिएको छ । माघ ६ गते बंगलादेशको ढाकामा म्याराथनमामा स्वर्ण पदक जितेर गृह जिल्ला आएकी पुष्पालाई खेलकुद विकास समिति सल्यानले एक समारोहकाबीच स्वागत तथा सम्मान गरेको हो ।
सल्यानको ग्रामिण भेगमा जन्मिएकी पुष्पाले खेल क्षेत्रमा सल्यान जिल्ला र नेपालको नाम विश्वसामु चिनाएकाले उनलाई सम्मान गरिएको जिल्ला खेलकुद विकास समितीका अध्यक्ष खड्ग आचार्यले बताए । सम्मान समारोहमा बोल्दै पुष्पाले देशका लागि खेलेर नेपालको नाम विश्वसामु चिनाउन पाएकाले सल्यानी हुनुमा गर्व गर्ने बताइन । पुष्पा एपीएफ क्लबमा आवद्व छिन् ।
पुष्पाले ढाका म्याराथन ( ४२.१९५ किलोमिटर) २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गर्दै आफ्नै नामको राष्ट्रिय किर्तीमान तोड्दै नयाँ किर्तीमान राखेकी थिइन् । तीन वर्ष अघि स्वदेशम भएको १३औँ दक्षिण एशियाली खेलकुद (साग) मा कान्छीमाया कोजुको नाममा रहेको राष्ट्रिय किर्तीमान पुष्पाले तोडिसकेकी थिइन् । सागमा उनले रजत पदक जितेकी थिएन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]