default_image

2 years ago

February 5, 2023

पुलिसलाई हराउँदै डायमण्ड फाइनलमा

245 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब लिग चरणको एक खेल बाँकी छँदै छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सुरुवाती सेट गुमाएपनि त्यसपछि सानदार प्रदर्शन गर्दै पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै डायमण्डको एक खेल बाँकी छँदै फाइनलमा स्थान बनाउन सफल भएको हो । डायमण्डको जितले एपिएफले पनि एक खेल बाँकी छँदै फाइनलमा स्थान पक्का गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको खेलको पहिलो सेट डायमण्डले २२–२५ ले गुमाउन पुगेको थियो । सुरुवातदेखि नै पछि परेको डायमण्डले पूनरागमन प्रयास गरेपनि जित निकाल्न सकेन ।

दोस्रो सेटमा भने डायमण्डले २५–१५ को सहज जित निकाल्न सफल भयो । तेस्रो सेटमा १०–१६ ले पछि रहेको डायमण्डले उत्कृष्ट पूनरागमन गर्दै २५–२२ को जित निकाल्न सफल भयो ।

चौथो सेटमा भने सुरुवातदेखि नै अग्रता लिदै डायमण्डले २५–१९ को सहज जित निकाल्न सफल भयो । डायमण्डकी स्पाइकर प्रतिभा माली प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ र ट्रफी हात पारिन् ।

जितसँगै डायमण्डको २ खेलबाट ६ अंक पुगेको छ । पुलिसले दुई खेलबाट अंकको खाता खोल्न सकेको छैन । एपिएफको पनि ६ अंक छ । आर्मीले पनि अंक जोड्न सकेको छैन ।

आइतबारै एपिएफले आर्मीलाई २५–१७, २५–२१ र २५–१५ को सोझो सेटमा हराएर लगातार दोस्रो जित निकालेको छ ।प्रतियोगितामा सोमबार लिग चरणका अन्तिम खेलमा प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा एपिएफ र डायमण्ड तथा दोस्रो खेलमा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुँदैछ । यस खेलबाट शीर्ष चारको वरीयता टुंगो लाग्नेछ ।

२४ माघसम्म चल्ने प्रतियोगितामा तीन विभागीय टोलीसहित चार टोलीको सहभागिता रहेको छ । आइतबार र सोमबार लिग चरणका खेल हुनेछन् । मंगलबार प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल हुनेछ । शीर्ष २ टोलीले उपाधिका लागि खेल्दा पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले ३ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ यस्तै एक नयाँ खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.