default_image

2 years ago

February 5, 2023

महिला भलिबलमा आज दुई खेल

290 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो दिन आइतबार दुई खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी प्रतियोगितामा पहिलो खेल एपिएफ क्लब र त्रिभवन आर्मी क्लबबीच हुनेछ । खेल दिउँसो १ः०० बजे सुरु हुने छ । दिउँसो ३ बजे सुरु हुने खेलमा न्यू डायमण्ड युथ स्पोर्टस क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

पहिलो दिन न्यू डायमण्ड र टाइगर कपको विजेता एपिएफले विजयी सुरुवात गरेका थिए । एपिएफले पुलिसलाई र न्यू डायमण्डले आर्मीलाई समान ३–० ले हराएका थिए । डायमण्ड र एपिएफको समान ३ अंक छ । आर्मी र पुलिसका लागि आज खाता खोल्ने मौका छ । डायमण्ड र एपिएफलाई भने लगातार दोस्रो खेल जित्दै शीर्ष २ को सम्भावनालाई बलियो पार्न अवसर हुने छ ।

२४ माघ गतेसम्म चल्ने प्रतियोगितामा सहभागी ४ टोलीले राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । राउन्ड रोविन पछि शीर्ष २ टोलीले उपाधिका लागि खेल्दा पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । २०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको प्रतिष्ठानले कोरोनाका कारण पछिल्लो तीन वर्ष प्रतियोगिता गर्न सकेको थिएन ।

विजेताले ३ लाख, दोस्रोले १ लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार तथा विधागत उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरले समान १५ हजार रुपयाँ प्राप्त गर्नेछन् । हरेक खेलको प्लेयर अफ दी म्याचले १० हजार रुपैयाँ पाउनेछिन् ।

विजेतालाई आयोजकले गोकर्ण फरेस्ट रिसोर्टमा रात्री भोजको व्यवस्था गर्नेछ । केएनपीको मुख्य प्रायोजन रहेको प्रतियोगितालाई राखेप, प्रदेश खेलकुद विकास परिषद् बागमती, चाँगुनारायण नगरपालिका, डाबर नेपाल, मुक्तिनाथ विकास बैंकले सहयोग गरेका छन् । इसेवामार्फत पनि प्रतियोगिताको टिकट खरिद गर्न सकिने प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डटकमले गरिरहेको छ ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.