2 years ago
February 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोली तथा होङ्गान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबकी लिवेरो सलिना श्रेष्ठ छैटौं संस्करणको केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अवसरमा शेरबहादुर स्मृति स्पेशल अवार्डबाट सम्मानित भएकी छिन् ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले सलिनालाई स्पेशल अवार्डबाट शनिबार सम्मानित गरेको हो । सम्मानित भएसँगै सलिनाले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
उनलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, केएनपी नेरोलेक पेन्ट्सका कन्ट्री डाइरेक्टर मनोज कुमार मिश्र, शेरबहादुर खड्का स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्का र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दलगायतले दोसल्ला र कदरपत्रले सम्मानित गरे ।
होची कदकी २४ वर्षीय सलिना नेपाली राष्ट्रिय महिला भलिबल टोलीसँगै न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबको पहिलो रोजाईका लिवेरो हुन् । झन्डै १४ वर्षअघि देखि न्यू डायमण्ड एकेडेमीबाट अध्ययनसँगै भलिबल खेल्न थालेकी उनले २०१९ मा बंगलादेशमा भएको पहिलो एभीसी एसियन सिनियर महिला भलिबल प्रतियोगिताबाट महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।
सोही प्रतियोगिताबाट सलिनासहित निरुता ठगुन्ना, सुनिता खड्का, साफिया पुन, पुनम चन्द र जानकी भण्डारीले डेब्यु गरेकी थिइन् । त्यसयता सलिना नियमित रुपमा राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्य रहँदै आएकी छिन् ।
सलिना नेपालले दुई पटक सेन्ट्रल जोनको उपाधि जित्दा र सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजतपदक जित्दा टोलीका महत्वपूर्ण सदस्य हुन् ।
२ कक्षादेखि न्यू डायमण्ड एकेडेमीमा अध्ययन गर्न थालेकी सलिनाको ६ कक्षामा अध्ययनरत रहँदादेखि भलिबल सिक्न थालेकी थिइन् । निरन्तरको मिहेनत र लगावको कारण उनी पछिल्लो ५ वर्षदेखि राष्ट्रिय टोलीको भरपर्दा सदस्य छिन् ।
‘म पनि पहिला ब्राइट फ्युचरमा पढ्थे । हाम्रो प्रशिक्षक तथा गुरु कुमार राई पनि ब्राइट फ्युचरमा नै हुनुहुन्थ्यो । मलाई मन पर्ने कुमार सर ब्राइट फ्युचरबाट निस्केपछि म पनि सरहरुले नै सुरु गर्न लागेको डायमण्डमा पढ्न गए ।’ सलिनाले भनिन्, ‘त्यसपछि नै मैले भलिबल सिक्ने मौका पाए । आज यो स्थितिमा आउनुमा कुमार सरको देन छ । मेरो आफ्नो मिहेनत पनि छ ।’
सलिना हरेक प्रतियोगितामा उत्कृष्ट लिवेरो हुन्छिन् । उनी उत्कृष्ट नभएको प्रतियोगिता विरलै छ । सलिना गत वर्षको सेन्ट्रल जोनमा उत्कृष्ट लिवेरो चुनिएकी थिइन् । यस्तै २०१९ मा सलिनालाई ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले ढोरपाटन डबल लिग भलिबलको समापनमा वर्ष खेलाडीको रुपमा स्कुटरसहित सम्मानित गरेको थियो ।
सन् २०१९ अघि उनी दुईपटक राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्पमा परेपनि अन्तिम १४ मा स्थान बनाउन सकिनन् । सन् २०१९ अघि हाल नेपाल पुलिस क्लबकी सेटर रहेकी कमला पुन नेपालको लिवेरो थिइन् ।
कमलाले आफ्नो भुमिका परिवर्तन गरेपछि सलिनालाई टोलीमा पर्न सहज बन्यो । दक्षिणकाली नगरपालिका वडा नम्वर १ खहरेकी स्थायी बासिन्दा सलिनाको परिवारमा आमा र दाई छिन् । उनको बुवाको यसै वर्ष निधन भएको थियो ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।