2 years ago
January 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्टस एन्ड फेसन वेयर लि निङको नेपालमा पाँचौं आउटलेट खुलेको छ । नुवाकोटको विदुर नगरपालिकास्थित त्रिशुली बजारमा बिहीबार आउटलेटको औपचारिक सुरुवात भएको छ ।
छनोट चरण पार गर्ने पहिलो नेपाली खेलाडी तेक्वान्दोकी संगिना वैद्यले आउटलेटको उद्घाटन गरिन् । संगिना नुवाकोटकी स्थायी बासिन्दा हुन् ।
आफुले खेलको सुरुका दिनहरुमा विदेशी खेलाडीहरुले ब्रान्डेड स्पोर्टस वेयर लगाएको देखेर आफूलाई पनि लगाउने इच्छा जागेको स्मरण गर्दै संगिनाले भनिन्, पहिला हामी विदेश कुनै कुनै बेला ब्रान्डेड वेयर किन्थौं । अहिले आफनै जन्मथलोमा लि–निङले सो रुम खोल्दा खुसी लागेको छ ।’
आफनो पर्खाहरु ब्यबसायिक सिलसिलामा नुवाकोट त्रिशुली आएको सम्झना गर्दै नेपालका लागि लि–निङको आधिकारिक विक्रेता चाइना ट्रेड लिंक कम्पनी प्रा.लि (लि– निङ, नेपाल) का नेपालका कार्यकारी निर्देशक राजन महर्जन फेरि व्यापारमार्फत नै जोडिने मौका मिलेमा खुसी व्यक्त गरे ।
महर्जनले नुवाकोटको खेलकुदमा लि–निङले सकेको सहयोग गर्ने वचन दिए । त्रिशुलीमा लि निङको स्पोर्टस र फेसन वेयरको विक्री अनु इन्टरप्राइजेजले गर्नेछ । लि–निङको आउटलेट जावलाखेल, दरबारमार्ग, भरतपुर र बौद्धमा छन् ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]