default_image

2 years ago

January 25, 2023

भलिबल खेलाडी हरि हजुर वैवाहिक बन्धनमा बाँधिए

387 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल टोली तथा त्रिभुवन आर्मी क्लबका सेटर हरि हजुर थापा वैवाहिक बन्धनमा बाँधिएका छन् ।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ४ का स्थायीबासिन्दा हरि हजुर सोही गाउँपालिका २ की मैया खड्कासँग बुधबार वैवाहिक बन्धनमा बाधिएका हुन् । सोही कारण उनी टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी टाइगर कप भलिबल प्रतियोगितामा सहभागी छैनन् ।

गत वर्ष आर्मीले टाइगर जित्दा वा त्यसअघि फाइनल खेल्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । माघ १ गते सातौं एनभिए क्लब च्याम्पियनसिपमा आर्मीबाट खेल्दा उनी उत्कृष्ट सेटर चुनिएका थिए । हरिहजुर झण्डै ८ वर्षदेखि राष्ट्रिय टोलीको सदस्य रहँदै आएका छन् ।२०६५ मा उनी नेपाली सेनामा भर्ती भएका थिए।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.