2 years ago
January 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारबाट हुने भएको छ ।
पछिल्लो पूरा सिजन २०२१-२२ को वरीयता अनुसार शीर्ष १६ गल्फरले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष १६ मा रहेका चार गल्फर अनुपस्थित रहेकाले यसपटक २० अौं वरीयतासम्म रहेका गल्फरले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता काठमाडौंस्थित रोयल नेपाल गल्फ क्लबमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ४२ हजार, तेस्रो स्थानले ३२ हजार तथा चौथो स्थान हासिल गर्नेले २४ हजार प्राप्त गर्नेछन् । क्वाटरफाइनल बाहिरिनेले ११ हजार र पहिलो चरणमै निस्कने गल्फरले ६ हजार पाउनेछन् ।
मंगलबार पहिलो चरणको खेल तथा बुधबार क्वाटरफाइनल र सेमिफाइनल हुनेछ । विहीबार अन्तिम दिन फाइनल हुनेछ । फाइनल ३६ होल तथा अन्य चरणमा १८ होलमा हुनेछ ।
प्रतियोगिताको पहिलो चरणमा शीर्ष वरीयताका शुक्रबहादुर राईले २० अौं वरीयताका टंकबहादुर कार्कीसँग खेल्नेछन् । दोस्रो वरीयताका भुवन नगरकोटीले १९ अौें वरीयताका सन्जोक मोक्तान खेल्नेछ ।
भारतको व्यावसायिक गल्फ प्रतियोगिता पिजिटिआईको छनोट खेल्न भारत प्रस्थान गरेकाले चौथो वरीयताका निरज तामाङ सहभागी छैनन् । त्यस्तै राजेन्द्र थापामगर (१४), पूर्ण शर्मा (१६) र तिर्थ पौडेल (१८) पनि उपस्थित हुने छैनन् ।
प्रतियोगिताको मुख्य प्रायोजक सूर्य नेपाल प्रालि रहेको छ ।
त्यस्तै प्रतियोगिताको अन्य खेल तालिका यसप्रकार छ :
जयराम श्रेष्ठ विरुद्ध कृष्णमान राजवाहक
रवि खड्का विरुद्ध प्रदीप कुमार लामा
संजय लामा विरुद्ध रमेश अधिकारी
दीनेश प्रजापति विरुद्ध सूर्य प्रसाद शर्मा
धनबहादुर थापा विरुद्ध बलभद्र राई
रामे मगर विरुद्ध भुवनकुमार रोक्का
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]