2 years ago
January 23, 2023
पोखरा (हाम्रो खेलकुद)– तेस्रो टाइगर कप भलिबलको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ । साविक विजेता समेत रहेको आर्मीले श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस क्लबलाई सोमबार ३–० ले हराउँदै प्रतियोगिताको पहिलो जित दर्ता गरेको हो ।
पोखरा रंगशालाको हाता भित्र रहेको भलिबल कोर्टमा आर्मीले सेन्ट जोसेफलाई २५–२०,२५–१७,२५–१० को सोझो सेटमा हराएको हो । गत साता एनभिए क्लब च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको आर्मी पहिलो दिन टाइगर कपमा अर्को विभागिय टोली नेपाल एपिएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
महिलातर्फ सोमबार भएको खेलमा घरेलु टोली गण्डकी प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै एपिएफले उपाधि रक्षाको यात्रा सुरु गरेको थियो । एकपक्षीय खेलमा एपिएफले गण्डकीलाई २५–११, २५–१९ र २५–१६ को जित हासिल गरेको थियो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ, आर्मी, न्यु डायमण्ड र गण्डकी प्रदेश रहेका छन् ।
पुरुषतर्फ आर्मी, सेन्ट जोसेफ, एपिएफसहित नेपाल पुलिस क्लब, र गण्डकी प्रदेश छन् । पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो । महिलातर्फको साविक विजेता र पुरुषतर्फको उपविजेता टिप टप हेल्प नेपाल क्लबको यसपटक सहभागिता छैन ।
महिला–पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् । हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीले ५ हजार र ३ हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण सुविधा पाउने छन् । दुवै इभेन्ट्समा सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]