default_image

2 years ago

January 22, 2023

प्रतिभा विना न्यू डायमण्डको हार, आर्मीलाई सफलता

202 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबको महिला टोलीले तेस्रो टाइगर कप भलिबलमा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा आइतबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा आर्मीले न्यू डायमण्ड युथ स्पोर्टस क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

प्रतिभा माली विना उत्रेको न्यू डामण्डले पहिलो र तेस्रो सेटमा कडा टक्कर दिएपनि सफलता हासिल गर्न सकेन । प्रतिभा व्यवायासिक भलिबल खेल्नका लागि माल्दिभ्समा रहेकी छिन् । उनी त्यहाँको लिग खेल्नका लागि गत साता माल्दिभ्स गएकी थिइन् ।

यस्तै डायमण्ड सिक्किममा खुल्ला महिला भलिबल प्रतियाेगिता खेलेर शनिबार बिहानै मात्रै पाेखराकाे लागि प्रस्थान गरेकाे थियाे । टाेली आइतबार बिहान ३ बजेमात्रै पाेखरा पुगेकाे थियाे । लामाे यात्रासँगै लगातार खेल्नुपर्दा खेलमा साेचेजस्ताे नतिजा आउन नसकेकाे डायमण्डका प्रशिक्षक कुमार राईले जानकारी गराए ।

गत साता काठमाडौ.मा सम्पन्न एभिए क्लब च्याम्पियनसिपको सेमिफाइनलमा न्यू डायमण्डसँग ३–१ ले पराजित आर्मीले यसपटक भने सहज जित निकालेको छ । पहिलो खेल आर्मीले २७–२५, २५–१७, २५–२३ ले जित्दै ३ अंक जोडेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ यसअघि सहभागी हुने भनिएका दुई टोली नेपाल पुलिस क्लब र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्डले भाग लिएनन् ।

नेपाल पुलिसका केही खेलाडी घाइते भएपछि महिला टोलीले अन्तिम समयमा उपस्थित नजनाउने जानकारी दिएको प्रतियोगिताको टेक्निकल टिम सदस्य टहलसिंह थापामगर जनाएका थिए । आयोजकले गण्डकी प्रदेश महिला टिमलाई प्रतियोगितामा समावेश गराएको छ । जसको कप्तानी राष्ट्रिय टोलीकी समेत कप्तान रहेकी अरुण शाहीले गर्नेछिन् । महिलातर्फ अर्को टोली एपिएफ रहेको छ ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो । आइतबार पुरुषतर्फ आर्मी र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम खेल पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिसबीच हुनेछ ।

पुरस्कार राशि यसपालि गत वर्ष तुलनामा दोब्बर छ । महिला–पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् । हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीले ५ हजार र ३ हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण सुविधा पाउने छ । दुवै इभेन्ट्समा सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.