default_image

2 years ago

January 19, 2023

प्रोटिन रनका लागि बाँकेका खेलाडी काठमाडौं प्रस्थान

134 views

0 Bookmark

कोहलपुर/बाँके (हाम्रो खेलकुद)– काठमाडौंमा शुक्रबार हुने दोस्रो संस्करणको प्रोटिन रन हाफ म्याराथनमा भाग लिन बाँकेबाट चार खेलाडी बिहिबार त्यसतर्फ प्रस्थान गरेका छन् । गत मंसिर २४ गते सम्पन्न आठौं धारा नेपालगन्ज म्याराथनमा राम्रो प्रदर्शन गरेका खेलाडीलाई प्रोटिन रन हाफ म्याराथनमा सहभागी गराइएको हो ।

प्रोटिन रनअन्तर्गत पुरुष हाफ म्याराथनमा बलबहादुर सुनार, पाँच किलोमिटर स्कुल छात्र दौडतर्फ निशान्त थारु र अतुल गोडिया तथा स्कुलस्तरीय ३ किलोमिटर छात्रा दौडमा दीपशीखा शाहीले भाग लिनेछन् । कोहलपुर नगरपालिका मेयर पूर्ण आचार्य, राष्ट्रिय खेलकुद परिषद सदस्य एलबी क्षेत्री र नेपालगन्ज म्याराथनका प्रमुख सञ्चालन अधिकृत(सिओओ) सौगातविक्रम शाहले खेलाडीलाई बिदाइ गरे ।

नेपालगन्ज म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न म्याराथनमा सहभागी गराउने योजना बमोजिम जिल्लाका खेलाडीलाई सहभागिताको पहल र सहयोग गरिएको सिओओ शाहले बताए । आठौं धारा नेपालगन्ज म्याराथनमा बलबहादुरले ४२.१९५ किमीतर्फ सातौं स्थान, अतुलले स्कुलस्तरीय पाँच किलोमिटरमा पहिलो, दीपशीखाले स्कुलस्तरीय तीन किलोमिटरमा तेस्रो स्थान हासिल गरेका थिए ।

निशान्त चोटका कारण त्यतिबेला राम्रो नतिजा दिन चुकेका थिए । खेलाडीको यातायात, आवास तथा भोजन र दर्ताको सम्पुर्ण खर्च क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट र कोहलपुर नगरपालिकाले बेहोरेको सिओओ शाहले जानकारी दिए ।

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.