default_image

8 years ago

December 28, 2016

हक्कीमा पुरुषतर्फ आर्मी र महिलातर्फ सुदुरपश्चिमलाई उपाधि

125 views

0 Bookmark

बिराटनगर (हाम्रो खेलकुद) – पुरुष हक्कीमा आर्मीले स्वर्ण हात पारेको छ । विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा भएको फाइनलमा आर्मीले सुदूरपश्चिमाञ्चललाई २–० गोलअन्तरले पराजित गर्‍यो ।

निर्धारित ७० मिनेटको १९ औं मिनेटमा सत्यनारायण चौधरीले आर्मीलाई १–० को अग्रता दिलाए । ६८ औं मिनेटमा अमित श्रीवास्तवले आर्मीका लागि दोश्रो गोल थपे ।

मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ८–० गोलले हरायो । पुरुष हक्कीमा पाँच क्षेत्र र आर्मीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

महिलामा सुदूरपश्चिमाञ्चलले स्वर्ण हात पार्यो । मध्यपश्चिमाञ्चल बाहेक चार क्षेत्र र आर्मी सहभागी महिलाको राउन्ड रोविन लिगमा सुदूरपश्चिमाञ्चलले सबै प्रतिद्वन्द्वीलाई हराउदै ८ अंक जोड्यो । दोश्रो भएको आर्मीले ६ अंक जोड्यो भने तेश्रो स्थानमा रहेको मध्यमाञ्चलले ४ अंक बटुल्यो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.