2 years ago
January 19, 2023
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डको बैंककमा जारी एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन बिहीबार नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गरेका छन् ।
महिला ४८ केजी तौलसमूहमा सुष्माले भियतनामकी क्यूनहानलाई ५–० अंकको आधारमा पराजित गरिन् । हेमाले ५७ केजी तौलसमूहमा सिगांपुरकी चौउजीमिन बेर्नेसलाई आरएसी आईको आधारमा दोस्रो राउण्डमा जित हासिल गरिन् । सुष्मा र हेमा आ आफ्नो तौल समूहको सेमिफाइनलमा पुगेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालले जानकारी दिए ।
पुरुष ४८ केजीमा लालप्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चर संग शुक्रबार क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछिन् । ५७ केजीमा नेपालका इन्द्रबहादुर सुनार अघिल्लो दिन क्वार्टरफाइनलमा प्रवेश गरेका थिए । लाओसका खेलाडीसंग ५–० अंकको आधारमा हराउँदै इन्द्र अन्तिम आठमा पुगेकी थिए ।
नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) ले आ आफ्नो तौल समूहको सेमिफाइनलमा स्थान बनाइसकेका छन् । विजयले इन्डोनेसियाका मोसकिता माईकल र त्रिशाले काजिकिस्तानका एरजन गुल्सायसंग खेल्ने छन् । नेपालले चार वटा तौल समूहमा कम्तीमा कास्य पदक पक्का गरिसकेको छ ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]