2 years ago
January 19, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सेनाको त्रिभुवन आर्मी क्लबका महिला तथा भलिबल टोलीलाई एभरेष्ट बैंकले प्रायोजन गरेको छ । एभरेष्टको प्रायोजन एक वर्षको रहने बिहीबार आयोजित सम्झौता कार्यक्रममा जानकारी दिइयो ।
सेनाका महासेनानी मुनाल बस्नेत र एभरेष्ट बैंकका सहायक महा प्रबन्धक सन्तोषकुमार भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । एक वर्षका लागि एभरेष्ट बैंकले आर्मीलाई १० लाख रुपैयाँ बराबरको प्रायोजन गर्नेछ । सो रकमबाट भलिबलका दुवै टोलीको जर्सीलगायतका आवश्यक खेलकुद सामाग्री खरिद गर्ने सेनाले जानकारी दिएको छ ।
आर्मीको टोलीको जर्सीमा एभरेष्ट बैंकको लोगो प्रयोग गरिनेछ । ‘यो प्रायोजन खेलकुदका लागि उत्साजनक हो,’ महासेनानी बस्नेतले भने,‘ कर्पोरेटको सहयोगले खेलाडीको हौसला बढ्नुका साथै खेल स्तर बढाउनमा पनि मद्दत गर्नेछ ।’
यसै साता सम्पन्न सातौं एनभिए क्लब च्याम्पियनसिप पुरुषतर्फ आर्मी फाइनल पुगेको थियो भने महिला टोली चौथो भएको थियो ।
यसै साता पोखरामा सुरु हुने तेस्रो टाइगर कप भलिबल प्रतियोगितामा आर्मीको महिला र पुरुष दुवै टोलीले प्रतिस्पर्धा गर्दैछन् । आर्मीको पुरुष टोली टाइगर कपको साविक विजेता हो ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]