8 years ago
December 28, 2016
बिराटनगर – ( हाम्रो खेलकुद ) – कबड्डीको पुरुष र महिला दुवैमा आर्मीले बुधबार स्वर्ण जितेको छ । मोरङको टंकीसुनवारी भएको पुरुष फाइनलमा आर्मीले मध्यमाञ्चललाई ४७–३० ले पराजित गर्यो । पश्चिमाञ्चल र एपीएफ क्लब संयुक्त रुपमा तेश्रो भए ।
महिलाको उपाधि भिडन्तमा आर्मीले प्रहरीलाई २४–२२ को झीनो अन्तरले हरायो । सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलले कांस्य जिते ।
पुस ९ गतेदेखि सुरु कबड्डीको पुरुषमा ५ क्षेत्र, आर्मी र एपीएफ गरी ७ टिम सहभागी थिए । महिलामा पाँच क्षेत्र, आर्मी, प्रहरी र एपीएफ गरी ८ टिमले सहभागिता जनाएका थिए ।
December 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी)को शनिवारको लागि भएको निर्वाचन गर्न रोक लगाएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एकलौटी रुपमा निर्वाचन गर्न लागेको भन्दै कमल चित्रकारले रिट दायर गरेका थिए ।चित्रकारले दायर गरेको रिटउपर न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । एनओसीको निर्वाचन पुस १३ गते […]
December 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- धरानका प्रो निरज तामाङले सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन बिहीवार ७ स्ट्रोकको अग्रता बनाएका छन्। समग्रमा १२-अन्डर १२८ को प्रभावशाली स्कोरमा विष्णु प्रसाद शर्मालाई ७ स्ट्रोकले पछि पार्दै निरजले उपाधि जित्ने संभावनालाई मजबुत बनाए। पहिलो दिन ८-अन्डर ६२ को कोर्स रेकर्ड बनाएका निरजले दोस्रो दिन पनि उत्कृष्ट स्कोर कार्ड निकाले। उनले […]
December 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन बुधवार ८-अन्डर ६२ को प्रभावशाली बोगी रहित स्कोरमा निरज तामाङ शीर्षस्थानमा रहेका छन्। घरेलु प्रो निरजले धन बहादुर थापालाई ४ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहे। धरान स्थित धरान गल्फ क्लबमा आज निरजले ८-अन्डर ६२ को उत्कृष्ट स्कोरकार्ड दर्ज गर्ने क्रममा तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा […]