2 years ago
January 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – यसै साता आयोजना हुने बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।
शुक्रबार हुने म्याराथनमा पुरुषतर्फ १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरणसिंह बोगटी, सन्तोषविक्रम विष्ट र करणबहादुर खड्का तथा महिलामा विन्द्राधन्के श्रेष्ठ र सागकी रजत पदक विजेता पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन् ।
हाफ म्याराथनको पुरुषमा सागका स्वर्ण पदक विजेता गोपीचन्द्र पार्की र सन्तोषनाथ योगी तथा महिलामा सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र रेखा विष्टले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षक तथा अफिसियलमा विमला राना मगर छिन् ।
तीन वर्ष अघि स्वदेशमा भएको १३ औं सागमा किरणले म्याराथनमा, गोपीचन्द्रले ५ हजार र सन्तोषीले १० हजार मिटरमा स्वर्ण पदक जितेका थिए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार टोलीलाई सफलताको शुभकामनासहित एक कार्यक्रमबीच बिदाइ गरे ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]