2 years ago
January 17, 2023
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीका दुई खेलाडी प्रतिभा माली र उषा भण्डारीले माल्दिभ्सको महिला भलिबल लिग खेल्ने भएका छन् । त्यसका लागि प्रतिभा मंगलबार साँझ त्यसतर्फ गएकी छन् भने उषा बुधबार दिउँसो जाँदैछिन् ।
दुई दिन अघि उषा सम्मलित नेपाल पुलिस क्लब र प्रतिभा सम्मलित न्यू डायमण्ड स्पोर्टस् क्लबले सातौं एनभिए क्लब च्याम्पियनसिपको फाइनलमा एकअर्काको सामना गरेका थिए । जसमा पुलिसले ३–२ ले बाजी मारेको थियो । च्याम्पियनसिपमा उषा सर्वोत्कृष्ट खेलाडी र प्रतिभा उत्कृष्ट स्पाइकर घोषित भएकी थिइन् ।
केहि साता अघि माल्दिभ्समै च्याम्पियसिप खेल्न गएकी उषाले यसपटक क्लब इगलबाट र प्रतिभाले वाम्कोबाट लिग खेल्ने तय भएको छ । उषाका अनुसार उनी र प्रतिभा सम्मलित लिगसहित क्लब भलिबल र पुलिसको टोलीले लिगमा प्रतिस्पर्धा गर्नेछ । लिग शनिबारदेखि माघ १३ गते सम्म हुनेछ । फाइनल माघ १६ गते हुनेछ ।
लिगलाई लिएर आफू उत्साहित रहेको उषाले बताइन् । देश बाहिर गएर पहिलो पटक लिग पहिलो पटक खेल्न लागेकी हु । त्यसैले उत्साहित छु, उनले भनिन् । प्रतिभा र उषा एभिसी सेन्ट्रल जोनको च्याम्पियन टोलीका सदस्य हुन् । प्रतिभा विना न्यू डायमण्ड र उषा विना पुलिसले माघ ८ देखि १४ गते सम्म पोखरामा आयोजना हुने तेस्रो टाइगर कप भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]