8 years ago
December 28, 2016
बिराटनगर (हाम्रो खेलकुद) – सफ्ट टेनिसको अन्तिम दिन भएको एक मात्र स्पर्धाको मिक्स डबल्समा मध्यमाञ्चलका निर्मलकाजी स्थापित र चन्द्रमाया राईको जोडीले बुधबार स्वर्ण जितेका छन् ।
वैजनाथपुरमा भएको फाइनलमा उक्त जोडीले आफ्नै क्षेत्रका एलिजा रन्जित र प्रदीप खत्रीको जोडीलाई ५–३ को सेटमा पराजित गरे ।
पूर्वाञ्चलका जर्जिया चौधरी र दिपेन्द्र थापा मगर तथा मध्यमाञ्चलका कृपा शर्मा र धर्मराज घलेको जोडी संयुक्त रुपमा तेश्रो बने ।
प्रतियोगितामा पश्चिमाञ्चल बाहेक ४ क्षेत्रका समान २४ पुरुष र महिला गरी ४८ खेलाडीले विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
हिजो भएका फाइनल खेलहरुमा पुरुष डबल्समा मध्यमाञ्चलका प्रदीप खत्री र निर्मलकाजी स्थापितको जोडीले स्वर्ण जितेको थिए । उक्त जोडीले फाइनलमा पूर्वाञ्चलका आशिष बोहरा र युकेश योञ्जनको जोडीलाई ५–० को सोझो सेटमा पराजित गरेका थिए ।
पुरुष टिम स्पर्धामा पूर्वाञ्चल पहिलो, मध्यमाञ्चल दोश्रो तथा सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल तेश्रो भएका थिए । सोही स्पर्धाको महिलामा मध्यमाञ्चल पहिलो, मध्यपश्चिमाञ्चल दोश्रो तथा पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल तेश्रो स्थानमा रहेका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]