default_image

2 years ago

January 13, 2023

एपिएफ सेमिफाइनलमा

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लब काठमाडौंमा जारी सातौं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपिएफले केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा एपिएफले केशवलालमाथि २५–१४, २५–१९ र २५–२० को सोझो सेटमा जित निकाल्यो । एपिएफका धिरोज काजी बस्नेत केल्मी प्लेयर अफ दि म्याच घोषित भए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।

आज नै पूरुषतर्फ गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै साविक विजेता त्रिभुवन आर्मी क्लबले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।

January 14, 2025

सरस्वती र प्रतिभा एभरेस्ट ग्लोबलको ब्रान्ड एम्वासडर

सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]

January 13, 2025

अग्रिम, निरभ र अभिशेषलाई चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भारत मैत्री विद्यालय बुद्धिचाल प्रतियोगिताको छात्र यु ११ नेपालका अग्रिम सैजु, यु १३ को भारत सिक्किम चेस एसोसिएसन निरभ ढकाल र यु १५ सिक्किमकै अभिशेष प्रधानले उपाधि जितेका छन्। यु ११ को चौथो चरणमा पेभेलियन चेस एकेडेमीका अग्रिमले सिक्किमका एसे एबर भुटियालाई पराजित गर्दै उपाधि पक्का गरे। अग्रिमले ७ अंक जोडे। […]

January 13, 2025

राखेप उपाध्यक्ष आचार्यले पदवहाली गरे

काठमाडौं (हाम्रो खेलकुद)- ध्रुव आचार्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष रुपमा सोमवार पदवहाली गरेका छन् । आचार्यलाई युवा तथा खेलकुद मन्त्रालयले आज मनोनयन पत्र हस्तान्तरण गरेसँगै खेलकुद मन्त्री तेजुलाल चौधरीले पद तथा गोपनीयताको शपथ गराएका थिए । राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतले उपाध्यक्ष आचार्यलाई राखेपमा स्वागत गरेका थिए । पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले बुटवल […]

Success

Thank you for your time.