default_image

2 years ago

January 2, 2023

पोखराको टाइगर कप भलिबलमा विदेशी क्लबले भाग लिने

211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना हुने तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप यसपटक विदेशी क्लबको सहभागिता रहने भएको छ ।

पोखरा रंगशालामा रहेको भलिबल कोर्टमा माघ ८ देखि १४ गते सम्म हुने प्रतियोगिता महिला र पुरुषतर्फ समान ५ टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महिला र पुरुष दुवैतर्फ समान १ विदेशी टोलीको सहभागिता रहने टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए ।

महिलातर्फ भारतिय क्लब केरला स्टेट इलेक्ट्रोनिक बोर्ड तथा पुरुष तर्फ श्रीलंकाको एसटी जोशेफ वाज स्पोर्टस् क्लबको सहभागिता रहनेछ । त्यसबाहेक महिलातर्फ तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब र न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहनेछ ।

पुरुषतर्फ श्रीलंकाली टोलीसहित तीन विभागीय टोली र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा गत वर्षको विजेता महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मीले जितेको थियो । यसपटक पुरस्कार राशीमा दोब्बर बढाएको जनाएको छ ।

यसपटकको दुवैतर्फको विजेताले समान ५ लाख, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार र चौथो टोलीले ६५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक संस्थाका उपाध्यक्ष एवंम् प्रतियोगिता संयोजक देवेन्द्र केसीले बताए । त्यस्तै महिला तथा पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार तथा विधागत उतकृष्ट खेलाडी र प्रशिक्षकले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.