default_image

2 years ago

December 26, 2022

सुदूरपश्चिममा ‘स्कुल टु ओलम्पिक कार्यक्रम’ आयोजना

173 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – विद्यार्थीहरुलाई खेल क्षेत्रमा आबद्ध हुन प्रोत्साहित गर्ने उद्देशयका साथ स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको छ । सात वटै प्रदेशमा आयोजना गर्ने लक्ष्य रहेको कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल ओलम्पियन्स संघको संयोजनमा सोमबार धनगढीमा भएको कार्यक्रममा स्थानिय धनगढीका सामुदायिक र निजी विधालयका विधार्थीहरुसँग ओलम्पियनहरुको अन्तरक्रिया भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्दराज बोहोराले खेलकुद क्षेत्रको विकास गर्नका लागि प्रदेश सरकारले काम गरिरहेको बताए । उनले स्कुल टु ओलम्पीक कार्यक्रमले खेलाडी उत्पादनमा टेवा पुग्ने बताए ।

स्कुल टु ओलम्पिक कार्यक्रममा ओलम्पीयनहरु बैकुण्ठ मानन्धर, दिपक विष्ट, डम्मर दत्त भट्ट, विष्णुवहादुर सिंह, देवु थापा, प्रमिला रिजालका साथै नेपाल राष्ट्रिय तथा अन्र्तर्राष्ट्रय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले विभिन्न विद्यालयका विद्यार्थी र खेलाडीहरुसँग एकै मञ्चमा बसेर आफ्ना अनुभवहरु साटेका थिए ।

उनीहरुले आफ्नो खेलकुदको सुरुवातदेखि सफलतासम्मका संघर्ष, खेलकुद क्षेत्रले आफ्नो जीवनमा परेको प्रभावका बारेमा चर्चा गरेका थिए । अधिकांशले सफलताका लागि इच्छा शक्ति, लगनशिलता र इमान्दारिता आवश्यक रहहेको औल्याए । उनीहरुले जुन सुकै क्षेत्रमा प्रवेश गर्नका लागि पनि तीन चिज आवश्यक रहने उल्लेख गर्दै शिक्षा भने अनिवार्य रहेको सुनाए ।
खेलकुद क्षेत्रमा लाग्नका लागि नाम सुनेका र उनीहरुको बारेमा जानेका विद्यार्थीहरुले उनीहरुसँग कुराकानी गर्दै प्रश्नोत्तर समेत गरेका छन् ।

विद्यार्थीहरुले खेल क्षेत्रको अवस्था, विगत वर्तमान र भविष्यका साथै पारिवारिक बातारण, आर्थिक पाटो लगायत विभिन्न विषयमा प्रश्नहरु सोधे । उनीहरुका प्रश्नलाई ओलम्पियनहरुले क्रमशः जवाफ फाउने क्रममा खेलकुदमा आर्थिक दृष्टिकोषणले विगतमा भन्दा सहज भएको बताए । कार्यक्रमको सहजिकरण हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमिल्सेनाले गरेका थिए ।

कीर्तिमानी खेलाडीहरुसँग साक्षात्कार र भलाकुसारी गर्न पाउँदा विद्यार्थीहरु हर्षितसाथै उत्साहित देखिन्थे । कार्यक्रम प्रभावकारी भएकोर आगामी दिनमा यसले नतिजा ल्याउने प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाहले बताए ।
धनगढी विद्यार्थीहरुमाँझ गरिएको कार्यक्रमलाई प्रदेशका अन्य जिल्लाहरुमा पनि पुराईने लक्ष्य राखिएको छ ।

यसपाली कैलालीका विद्यार्थीहरुसँग ओलम्पियनको छलफल गराउँदा यसले खेलकुद क्षेत्रको अवस्था बारेमा अवगत गराउन मद्दत मिलेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपकबहादुर सिंहले बताए । उनले आगाामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तता दिने जानकारी दिए ।

सुदूरपश्चिमबाट सुरुवात भएको कार्यक्रम सात वटै प्रदेशहरुमा खेलकुद परिषद्सँग समन्वय गरेर आयोजना गरिने नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले जानकारी दिए । धनगढीमा भएको कार्यक्रममा विभिन्न विद्यालयका झण्डै चार सय बढी विद्यार्थीको सहभागिता थियो ।

कार्यक्रमको अन्त्यमा प्याब्सन प्रदेश, कैलाली र धनगढी नगर समितिले ओलम्पियनहरुलाई सम्मान गरेका थिए । उद्योग वाणिज्य संघ कैलालीले पनि ओलम्पियनहरुको स्वागतमा अलग्गै कार्यक्रम आयोजना गरेको थियो ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

March 1, 2025

केभिआर स्टेज रेस च्यालेन्ज – लोकेन्द्र र सोनिमा विजेता

काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

Success

Thank you for your time.