2 years ago
December 22, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भेटेरिनरी एसोसिएसनले राइट टु प्रोटिन रन हाफ म्याराथनको दोस्रो संस्करण अर्को महिना आयोजना गर्ने भएको छ ।
राइट टु प्रोटिनको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना जगाउने उद्देश्यका साथ माघ ७ गते हाफ म्याराथन आयोजना गर्न लागिएको एसोसिएसनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सितलकाजी श्रेष्ठले जानकारी दिए ।
दशरथ रंगशालाबाट सुरु हुने हाफ म्याराथनसहितका विभिन्न विधामा झण्डै ३ हजारको सहभागिता रहने एसोसिएसनले आशा राखेको छ । गत वर्ष पहिलो संस्करण रन फर प्रोटिन हाफ म्याराथन भएको थियो । गत वर्षको हाफ म्याराथन महिलातर्फ १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठ र पुरुषतर्फ तीर्थ पुन विजयी भएका थिए ।
यस पटक पनि खुल्ला महिला पुरुष हाफ म्याराथान, पुरुष १० किमी, महिला ५ किमी, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष) र ३ कि मी (महिला) र फरक क्षमता भएका व्यक्तिहरुको लागि ह्विलचेयर दौड हुनेछ । विभिन्न विधामा गरि झण्डै १४ लाख रुपैयाँ पुरस्कार रहेको छ । हाफ म्याराथनका दुवैतर्फका विजेताले समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सबै विधामा दौड पूरा गर्नेका लागि पनि पदकको व्यवस्था गरिएको बताइएको छ ।
प्रतियोगितालाई नेपाल दाना उद्योग संघ र अन्तगर्तका दाना उद्योग सहयोगीको रुपमा रहेको बताइएको छ । प्रतियोगितामा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहेको छ । प्रतियोगितामा प्रिमेरा हस्पिटल पार्टनर, इसेवा टिकेटिङ पार्टनर, आइएसएस साउन्ड सिस्टम पार्टनर तथा यूस र एसओवाई प्रबद्र्धकका रुपमा रहेका छन् ।
मेरियोट काठमाडौ र फेयरफिल्ड मेरियट हस्पिटालिटी पार्टनरका रुपमा रहेको बताइएको छ । सहभागीले ३ सय रुपैयाँ शुल्क तिरेर सहभागी हुने पर्नेछ । खेलाडीले अनलाइनमार्फत दर्ता गर्न सक्ने बताइएको छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]