2 years ago
December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु सिनियर भलिबलमा गण्डकी प्रदेशबाट खेलिसकेका उदियमान युवा सेटर सुवास कुँवरलाई बाहिर राख्दै नेपाल भलिबल संघले बंगलादेशको ढाकामा पुस पहिलो साता आयोजना हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि टोली घोषणा गरेको छ ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा झन्डै एक महिना चलेकाे बन्द प्रशिक्षणबाट मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्ट र प्रशिक्षक भरत यादवको टोलीले खुल्ला छनोटबाट छनोट भएका २० खेलाडीबाट अन्तिम १४ सदस्यीय टोली घोषणा गरेको हो ।
चार दिनसम्म चलेको खुल्ला छनोटमा ८० खेलाडीको सहभागिता रहेको थियो । सुवाससँगै गोविन्द टमाटा, तेज नाथ, सुरेन्द्र भाट, प्रेम प्रसाद गौतम र विशाल भण्डारीले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।
अन्तिम टोलीमा उदियमान सेटरको रुपमा हेरिएको पर्वत तथा गण्डकी प्रदेश भलिबल टोलीका युवा सेटर सुवास कुँवरले पनि स्थान बनाउन सकेनन् । सुवासले संघले आयाेजना गर्ने एनभिए भलिबलमा गण्डकी प्रदेश र हेल्प नेपाल स्पाेर्ट्स क्लबबाट खेल्दै सबैकाे मन जित्न सफल भएका थिए । तर उनले यु२३ काे अन्तिम टाेलीमा स्थान बनाउन सकेनन् ।
काभा यू२३ च्याम्पियनसिप ढाकामा पुस ५ देखि १२ गतेसम्म हुँदैछ । टोलीसँग राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तरगत भलिबलका मुख्य प्रशिक्षक प्रज्वल बहादुर सिंह पनि हुनेछन् ।
अन्तिम १४ सदस्यीय टोली: धिरोज कुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुरौ, बिष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेद प्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे र भीम राज गुरुङ
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]