2 years ago
December 1, 2022
काठमाडा (हाम्रो खेलकुद) – एसिया रग्बी यू १८ ब्वाइज एण्ड गल्र्स च्याम्पियनसिप अर्को साता दशरथ रंगशालामा आयोजना हुने भएको छ ।
नेपाल रग्बी संघ र एसिया रग्बीको संयुक्त आयोजनामा मंसिर २४ र २५ गते हुने प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी संघका सचिव तथा प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिएका छन् । नेपालसहित प्रतियोगितामा भारत, चीन, ताईपेइ, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, बंगलादेश र युएई सहभागिता रहने बताइएको छ ।
महिलातर्फ ५ र पुरुषतर्फ ८ टोलीले प्रतियोगितामा भाग लिने छन् । रग्बीको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना हुने लागेको यो पहिलो पटक हो । च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली हेटौंडाको गौरीटारस्थित रंगशालामा बन्द प्रशिक्षणमा रहेको छ । नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटाको संयोजकत्वमा च्याम्पियनसिपको मुल आयोजक समिति गठन भएको छ ।
त्यस्तै समारोह उपसमिति, प्रवाधिक उपसमिति, खेल मैदान ब्यबस्थापन उपसमिति, बसोबास ब्यबस्थापन उपसमिति, यातायात व्यवस्था उपसमिति, खेलसामग्री तथा पोशाक ब्यबस्थापन उपसमिति, स्वयंसेवक उपसमिति, सुरक्षा उपसमिति पनि गठन भएको संघले जनाएको छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]