2 years ago
November 13, 2022
काठमाडौं (हाम्रो खेलकुद)– फ्रान्समा भएको एफआईए मोटर स्पोर्टस गेम्समा भाग लिएर फर्केका नेपाली टोलीका खेलाडी उत्साहित देखिएका छन् ।
नेपालमा मोर्टस स्पोर्टसको इतिहास लामो नभएपनि नेपाली खेलाडीले पहिलो पटक विश्वस्तरीय प्रतियोगितामा भाग लिएर फर्केको थियो । अनिल बरालको कप्तानीमा रहेको टोलीमा दीप्रश शाक्य (कार्टिङ स्प्रिन्ट) र जिस्वान तुलाधर श्रेष्ठले प्रतिस्पर्धा गरेकी थिइन् ।
मोटर स्पोर्टसको अन्तर्राष्ट्रिय महासंघ फेडेरेसन इन्टरनेसनल डे अटोमोबाइल (एफआईए) ले प्रतियोगिताको आयोजना गरेको थियो । एफआइए मोटर्सस्पोर्टस गेम्स २०२२ ओलम्पिक फम्र्याटमा सञ्चालन भएको टोलीका कप्तान बरालले बताए ।
अन्तर्राष्ट्रिय स्तरमा यो सहभागिताले गर्व महसुस भएको नेपाल आटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का अध्यक्ष दशरथ रिसाले बताएका छन् । उनले भने, सहभागी साथीहरुलाई नासा नेपालकोतर्फबाट बधाई दिन चाहन्छु ।’ प्रतियोगितामा ७० भन्दा बढी राष्ट्रका १ हजार भन्दा बढी खेलाडीले भाग लिएका थिए ।
नेपालमा मोर्टस स्पार्टसका लागि आवश्यक भौतिक पूर्वाधार र स्तरीय प्रशिक्षण्को अभाव छ । त्यसका वावजुद पनि नेपाली खेलाडीले ठूलो प्रतियोगितामा भाग लिएर फर्किएको छ । पहिलो सहभागितामा नै नेपाली खेलाडीले सोचे भन्दा राम्रो प्रदर्शन भएकोले आउने अन्य प्रतियोगितालाई मनोबल उच्च हुने बताएका छन् ।
बराल अटो स्लाम विधामा र शाक्यले कार्टिङ विधा प्रतिस्पर्धा गरेका थिए । ‘सोचे जस्तो तयारी गर्न नपाएपनि हामीले आफ्नोतर्फबाट राम्रो गर्ने प्रयास गर्यौं, बरालले भने,‘ यो सहागिताले भाविष्यमा अन्य खेलाडीका लागि पनि बाटो खुल्न सक्ने आशा राखेका छौं ।’
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]